Thursday 1st October 2026

रबीको मलामी भएर आर्यघाट आउनु


तोयानाथ उपेक्षित – समाचारको तागत कस्तो हुन्छ भन्ने एउटा नयाँ पाठ पढाउने पत्रकार रबी लामिछानेका लागि नेपालमा जेल बनेको छैन । बरु जसले उनलाई जेलको बाटो देखाउन अनेकन षडयन्त्र गर्दैछन उनीहरु का लागि जेल बनेको हो किनकी एउटा असल नेपाली वा राष्ट्रसेवक जसले पत्रकार रबीलाई जेल ? कल्पना पनि गर्न सक्दैन ।

उनको समाचार संकलन गर्ने तरिका, प्रस्तुति, भाषा, शैली अनि त्यसमाथिको निरन्तरको फलोअपले विकृती विसंगतीका मतियारहरु ठहरै हुन पुगेका छन । उनीहरु यतिवेला रबी विरुद्ध मोर्चा बन्दी गर्दैछन । उनीहरुलाई पनि थाहा छ रबीलाई केही गर्न सकिदैन । उनीसँग नेपाली जनताको ठुलो आर्शिवाद र समर्थन छ तर पनि मनावैज्ञानिक रुपमा तर्साउने र उनको गतिलाई रोक्ने मिथ्या प्रपन्च शुरु भएको छ । जाली फटाहाहरु रबीका कारण बन्चरोले खप्परमा हानेको रागो भुईमा ढले झै ढलेका छन । रबीका हातमा त्यो बन्चरो रहेसम्म त्यसरी ढलेका रागाँहरु राँता आँखाले रबीलाई हेर्ने शिवाय केही गर्न सक्दैनन ।

नेपाल प्रेस काउन्सीललाई अध्यागमन विभागले रबी लामीछानेको बारेमा एउटा पत्र लेख्दै उनलाई पत्रकारिता गर्न नपाउने आशयको निर्देशन गरेको रहेछ । २०७५ साल असार ५ गते पठाईएको पत्रमा उनी विदेशी भएको भन्दै नाफामुलक वा गैर नाफामुलक कुनै पनि पेशा वा व्यवशाय गर्न नपाउने नियम संझाएको देखिन्छ । यो पत्रको आशय भनेको न्युज २४ को सिधा कुरा जनतासँग का संचालक रबी लामीछानेको कार्यक्रम बन्द गराउनु नै हो । तर यो मुद्दा मजाकका डिजाईनरलाई रबीले लोप्पा खुवाई दिएका छन । यहाँ एउटा अचम्म के छ भने रबी ले चलाई रहेको कार्यक्रम तथा उनीमाथि भईरहेको प्रहारका विषयमा ठुला मिडिया देखि नेपाल पत्रकार महाँसघको मौनता भने उदेखलाग्दो छ । उनीहरु सवैलाई छाँयामा पार्ने रबीका कामले तिनको पनि कतै चित्त दुखाई रहेछ भन्ने छर्लङ्ग हुन्छ ।

अमेरीका मा बर्षौ विताएका शेर बहादुर देउवा नेपालमा पटक पटक प्रधानमन्त्री हुन मिल्ने ? जर्मनमा विहे गरेकी सुजता नेपालको परराष्ट्र मन्त्री हुन पाउने, २०२७ सालमा आएर नेपाली नागरिकता लिएका राजेन्द्र महतो नेपालमा पटक पटक मन्त्री हुदा उनी धर्ति पुत्र हुन पाउने तर रबी लामिछाने केही बर्ष रोजगारी गर्न अमेरीका बस्ता लिएको अमेरिकन पासर्पोट त्याग्दा समेत अध्यागमन ले पत्र काटेर उनको बोली बन्द गराउन खोज्नु ले यो सतिकै सराप परेको देश हो की भन्ने उत्ति लाई व्युताईदिएको छ ।

नेपालमा पुतली बाजे ले आएर शिक्षण पेशा गरेर बर्षौ विताए अझै पनि उनी नेपालमै छन र नागरिकता मागि रहेका छन । उनले राम्रो काम गरे कसैले लखेट्न पर्दछ भनेनन र भन्न हुदैन पनि । एनआरएनका भुतपूर्व र बर्तमान कयौ पदाधिकारीहरु सँग विदेशी नागरिकता भएर पनि नेपालमा मज्जाले लगानी गर्न पाएकै छन उनीहरुले पाउदैनन भन्न हुदैन । उनीहरु सरकारलाई सुझाव दिन्छन, उद्योग खोल्छन र राजनैतिक लभिङ गरेर पनि हिडेका छन । तर पनि उनीहरुलाई कसैले खबरदारी गर्दैनन र गर्न आवश्यक छैन किनकी नेपालका लागि योगदान दिनेहरु हुन । तर रबीको हकमा किन ठिक उल्टो छ । उनीबाट कमिशन कसैले पाउदैनन ।

कयौ एनजीओ आईएनजीओ को काम त अझ धर्म परिर्वतन को खेती लगाउनु हो । देशको सार्वभौमिकता र अखण्डतामा आँच पुरयाउनु हो तै पनि उनीहरु सरकारी सुरक्षामा यहाँ बसेका छन । तिनीहरुले निर्वाध गतिविधी गरेका छन । सिके राउत जस्ता देशद्रोहीलाई घास हालेका छन । यो कोही देख्दैनन । तीनी नेपालको विखण्डनको मिसन लिएर अमेरिकाबाट नेपाल आएका हुन । उनीहरु जस्ताहरुलाई तह लगाउन रबी लामिछाने ले नेपाल आमालाई संझेर अमेरिका त्यागेका हुन । यति फरक पात्रहरु मध्ये को पुरस्कृत र को दण्डीत हुने छुट्याउने आँखा सरकारको हुन जरुरी छ । तर रबी लामिछाने यो देशको महान शत्रु हुन झै गरेर देशका नेताहरु, उच्च प्रशाशकहरु, व्यपारीहरु, भ्रष्टहरु र तथा केही मिडिया र लेखक हुँ भन्नेहरुलाई रबी आँखाको कशिंगर देख्दैछन । किनकी रबीले भ्रष्टहरुको भजन गाएनन, तस्करहरुको पत्तासाफ गर्न हुदैन भनेनन, ठेकेदारहरुसँग मिलेमतो गरेनन, नेताहरुको आराधना र भक्ति गानमा शव्द खर्चेनन, सरकार र कर्मचारीको मनपरी रवैयालाई मुकदर्शक भएर हेरेनन । यो रबीको दोष भईदिएको छ ।

रबीको कामको कुरा नगरौ, उनको चर्चा गर्ने कुनै शव्द छैन । तर रबी विरुद्ध कुनै पनि शक्ति वा सँस्था वा व्याक्ति लाग्दछ भने तिनको कठला समातेर जनताले सडकको फोहरमा फाल्न कति पनि बेर लगाउन हुदैन । रबी उनले भने झै “नेपाली हुन, नेपाली भईरहने छन र नेपाली भएर नै मर्नेछन” त्यती बेला आर्यघाटमा रबीका मलामी हेर्न अहिले उनका विरोध गर्नेहरु पनि आउन तब मात्र तिनले रबीलाई चिन्नेछन ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...