Sunday 4th October 2026

याैन ग्राहकलार्इ केटी खोजिदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ


तितोपाटी – शारीरीक सम्पर्कका लागि महिला मिलाइदिने भन्दै एक युवकलाई ठगी गर्ने तीन जनालाई चितवनमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-७ बस्ने वर्ष २४ का राजकुमार चौधरी र सोही स्थानकै १९ वर्षीय डेविट सिलवाल छन् । उनीहरुसँगै एक महिला पनि पक्राउ परेका छन् ।

उनीहरुले शारीरिक सम्पर्कका लागि एक जनासँग एक रातको १० हजार नगद लिएका थिए । रकम लिएपछि महिलासहित तीनै जना फरार भएका थिए । यौन सम्र्पकका लागि तयार भनिएकी ३७ वर्षीय एक महिलालाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले अनलाइनखबरलाई जानकारी दिए ।

रकम दिने व्यक्तिलाई पनि अनुसन्धानका लागि बोलाइएको छ । उनीहरुबीच रकम लिएपछि महिलाका बिषयमा विवाद भएको थियो । महिला मिलाइदिने दुई व्यक्ति, महिला र रकम दिने व्यक्तिका बीचमा आपसी कुरा नमिल्दा घटना बाहिर आएको प्रहरीको अनुमान छ ।

त्यस्तै प्रहरीले मोवाइलमा अश्लिल भिडियोहरु अपलोड गरिदिने दुई जना मोवाइल पसल सञ्चालकलाई पक्राउ गरेको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...