Thursday 25th December 2025

कुवेतका संग संस्थाहरु द्वारा खुमनलाइ बिदाई तथा सम्मान


बसन्त थापा/ कुवेत स्थित क्रियाशिल विभिन्न संघ संस्थाहरुले चर्चित गायक खुमन अधिकारीलाई बिदाई तथा सम्मान गरेका छन।

अन्तराष्ट्रिय कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सव तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर कलाकार खुमन अधिकारी कुवेत आएका हुन् सोहि समय परेर गायक अधिकारीलाई कुवेतका विभिन्न नेपाली संस्थाहरुले सम्मान तथा बिदाई गरेका छन।

बिदाई तथा सम्मान गर्ने हरुमा लालीगुराँस संस्कृतिक मंच, स्यांग्जा समाज कुवेत, र नेपाल कुवेत सांस्कृतिक मंच रहेका थिए भने, बिदाई तथा सम्मान गर्ने स्थान पनि फरक फरक ठाउमा रहेको थियो।

गायक अधिकारीका अनुसार प्रवासमा स्थापना नेपाली  संघ संस्था द्वारा यसरी सम्मानित हुन पाउदा आफुलाई निकै खुसी लागेको तितोपाटी डट कम लाइ बताए।

सम्मानकै क्रममा लालीगुराँस साँस्कृतिक मंच बाट,अध्यक्ष माधव पौडेल, अन्तराष्ट्रिय कलाकार मंच बाट सचिव, बिराज तामाङ्ग, रहेका थिए भने तेस्तै  स्यांग्जा सेवा समाज कुवेतले अनपौचारिक कार्यक्रमका बीच सम्मान तथा बिदाई गरेको अध्यक्ष शिव कोइरालाले जानकारी दिएका छन।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...