Thursday 24th September 2026

कुवेतवासी नेपालीको माया लिएर नेपाल फर्किए खुमन


बसन्त थापा / अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सव तथा नयाँ वर्षको अवसर पारेर अथिति कलाकार खुमन अधिकारी गत बिहिबारका दिन कुवेत आएका थिए।

शुक्रवारका दिन सम्पन्न उक्त कार्यक्रममा गायक अधिकारीले कुवेतवासीलाई छम छमी नचाउन सफल भएका थिए ।

बिगत लामो समय सम्म देखि कलाकारिता क्षेत्रमा रहदै आएका खुमनले दर्जनौ लोकगित हरुमा आवाज भरि सकेका छन भने देश बिदेशका विभिन्न कार्यक्रम हरुमा पनि उत्तिकै ब्यस्त रहदै आएका छन।

कुवेतस्थित नेपालीहरु द्वारा आफुले धेरै माया पाएको बताउदै, खुमनले खुसि ब्यक्त गरेका थिए,भने, हिजो बिहान अर्थात सोमबारको दिन कुवेतवासीको माया लिएर गायक खुमन शाद अब्दुल्ल्हा बिमानस्थल हुदै फ्लाई दुबई द्वारा नेपाल फर्किएका हुन् भने ।

कुवेतमा कार्यरत नेपालीहरुले पनि खुमले दिएको प्रस्तुति सांगीतिक कार्यक्रम निकै उत्साहित पूर्ण रहेको बताउदै, आगामी दिनहरुमा पनि खुमनलाई कुवेतको नगरीमा देख्न पाईयोस भन्दै बताएका थिए।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...