Thursday 6th August 2026

नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले जनवरी १८ मा दोश्रो वार्षिक उत्सव गर्ने


तितोपाटी – नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले अाफ्नो दोश्रो वार्षिक उतसव यहि १८ जनवरी २०१९ को दिन शुक्रबार गर्ने भएको छ । संघका अध्यक्ष सुन बहादुर तामाङले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका छन् ।

“नेपालीहरूको सेवामा समर्पित” भन्ने मुल नाराका साथ गत वर्ष गठित कुवेतमा यातायात व्यावसाय गरि बसेका नेपालीहरूको सँस्था नेपाली प्रावसी ट्याक्सी व्यावसायी संघ कुवेतले नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ सँस्था, पत्रकार, वुद्दिजीवि, सामाजिक अभियन्ता, खेलाडी, कलाकार लगायत कुवेतमा श्रम गरि बस्ने सर्वसाधारण नेपाली दाजुभाइ दिदीबहिनीहरूको रोहबरमा कुवेतमा यातायात व्यावसाय गर्ने व्यावसायीहरू बिच भव्य रूपमा दोश्रो वार्षिक उत्सव मनाउन लागेको हो ।

वैदेशिक रोजगारीको क्रममा कुवेतमा अाएर विभिन्न किसिमले पीडित बनेका नेपालीहरूको सहयोगमा लागि पर्दै अाएको यस ट्याक्सी व्यावसायी संघले कुवेतमा कृयाशिल अन्य संघसँसथाहरूसँग हातेमालो र सहकार्य गर्दै अाएको छ भने दोश्रो वार्षिक उत्सव भव्य सभ्य रूपमा सम्पन्न गर्नको लागि नेपाली राजदूतावास लगायत सम्पुर्ण संघ सँस्थाका पदाधिकारी, पत्रकार, बुद्धिजीवि, सामाजिक अभियन्ता सबैलाइ निमन्त्रणा गरि सकेको जनाएको छ । यदि कसैले अाधिकारिक पत्र प्राप्त नगरेको भए पनि यसै समाचारलाइ अाधार मानी वार्षिक उत्सव समारोहमा उपस्थिति जनाउनु हुन अनुरोध गर्दै उक्त दिन अन्य कुनै पनि संघ सँस्थाले कार्यक्रम नजुधाइ दिनु हुन पनि अध्यक्ष तामाङले अनुरोध गरेका छन् ।
>

कार्यक्रमको विवरणः

मितिः १८ जनवरी २०१९ शुक्रबार ।
स्थानः युनिक अडिटोरियम हल फर्वानिया ।
समयः दिनको ठिक १२ बजे ।


सम्बन्धित शीर्षकहरु

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

प्रतिकृयाहरू
...