Saturday 20th September 2025

बेलायतमा २२ वर्षे युवकमाथि याैनहिँसा गरेको अारोपमा ४३ वर्षीय एक नेपालीलाइ १३ वर्षको जेल सजायँ


तितोपाटी – बेलायतको एक अदालतले एक जना २२ वर्षे युवकलाइ बलात्कार गरेको अारोपमा  रेडिङ सहर बस्ने ४३ वर्षका नेपाली देउकुमार लिम्बुलाई १३ वर्ष जेल सजाय सुनाएको छ । रेडिङ क्राउन कोर्टले गत वर्ष जुनमा लिम्बुले ‘लर्निङ डिसेबिलिटी’ भएका २२ वर्षीय ती युवकमाथि यौन हिंसा गरेको ठहर गरेको छ । ती युवकको परिचय भने खुलाइएको छैन ।

प्रहरीका अनुसार ६ जुन २०१८ का दिन एकाबिहानै ती युवकले लिम्बुसँग आफ्नो घरजाने बाटो सोधेका थिए । राति आफ्ना साथीहरुसँग रमाइलो गरेपछि बिहानै घर जानलाग्दा आफूसँग फोन वा पैसा पनि नभएको उनले बताएका थिए ।

ती युवकको परिस्थितिको फाइदा उठाउँदै लिम्बुले ती युवकलाई घिसार्दै नजिकै बेर्सफोर्ड रोड खेल मैदान (प्ले ग्राउण्ड) मा लगेर उनीसँग जबर्जस्ती यौन सम्बन्ध राखेको प्रहरीले जनाएको छ ।

न्यायाधीशले सार्वजनिक ठाउँमा आफूसँग मद्दत माग्न आएको व्यक्ति विरुद्ध यौन हमला गर्ने लिम्बु यौन पिपासु भएको बताइन् । फैसला सुनाउँदै न्यायाधीशले आफ्नो अपराधका लागि लिम्बुले पश्चाताप समेत नगरेको बताइन् ।

सो घट्नाको सिसीटिभी फुटेज पनि अदालतमा प्रमाण स्वरुप प्रस्तुत गरिएको थियो । प्रहरीसँगको बयानमा लिम्बुले ती युवासँग सहमतिमा आफूले यौन सम्बन्ध राखेको दाबी गरेका थिए ।

उक्त घट्नापछि ती युवकले आफूलाई डर लाग्ने, घट्नाको झझल्को आइरहने र राम्रोसँग सुत्न नसक्ने बताएका थिए । घटनाको दुई दिनपछि प्रहरीले लिम्बुलाई पक्राउ गरेको थियो ।

लिम्बुका एक १७ वर्षीय छोरा रहेको तथा उनकी श्रीमती दुई वर्ष अघि हङकङ फर्किएको समाचारमा उल्लेख छ ।

बेलायतको नेपाली समुदायमा केही वर्ष यता अपराधिक क्रियाकलापमा वृद्धि भइरहेको छ । बेलायती जेलमा हाल झण्डै एक दर्जन नेपाली रहेको नेपाली दूतावासको तथ्यांक छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

प्रतिकृयाहरू
...