Sunday 26th July 2026

अष्ट्रेलियामा पढ्न गएका एक नेपाली विद्यार्थी समुद्री तटमा मृत फेला परे


तितोपाटी – उच्च शिक्षाका लागि अस्ट्रेलिया आएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । बिहीबारदेखि हराइरहेका उनको शव स्थानीय समुन्द्र किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

तीन वर्षअघि विद्यार्थी भिसामा दक्षिण अस्ट्रेलियाको एडिलेडमा आएका निश्चल घिमिरे बिहीबारदेखि बेपत्ता भएका थिए । प्रहरीका अनुसार उनलाई शुक्रवार साँझ स्थानीय सामुन्द्रिक किनार वेस्टबिचमा मृत भेटिएको हो । आफूले रेखदेख गर्ने बच्चाको साथमा स्थानीय समुन्द्री किनारमा गएका उनी बच्चा सुरक्षित फर्किए पनि आफू भने नफर्किएको प्रहरीले जनाएको छ ।

काठमाडौँ निवासी २२ वर्षीय घिमिरे यहाँस्थित इक्वेल्स इन्स्टिच्युटमा नर्सिङ विषयमा डिप्लोमा अध्ययन गरिरहेका थिए । क्यानबेरास्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै आफूहरूले आवश्यक सहयोग पुर्‍याउन तयार रहेको जनाएको छ । घटनाबारे नेपालमा रहेका परिवारलाई जानकारी गराइएको र उनका दाजु अस्ट्रेलिया आएपछि शवको अन्तिम संस्कार हुने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

इरानले क्यास्पियन सागरमा रहेको एउटा जहाजमाथि युक्रेनले ड्रोन वा अन्य हवाई आक्रमण गरेको दाबी गर्दै त्यस घटनामा एक जना नाविकको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न आह्वान गर्दै अब त्यसका लागि उपयुक्त समय आएको बताएका…

प्रतिकृयाहरू
...