Monday 8th September 2025

कुवेतमा अवैध घरेलु मदिरा सहित ६ नेपाली पक्राऊ


बसन्त थापा- कुवेतको सिटी स्थित साद अल-अब्दुला इलाकाबाट  तीन पुरुष र तीन महिला गरी कुल ६ जना नेपाली लाई स्थानीय प्रहरीले घरेलु मदिरा सहित पक्राऊ गरेको छ।

कुवेतको चर्चित  सामाजिक संजालको पेज Ayman Mat मा प्रकाशित समाचार अनुसार कुवेतको जाहरा क्षेत्रका सुरक्षाकर्मीद्वारा साद अल-अब्दुला क्षेत्रमा अवैध मदिरा कारखानाको बारेमा जानकारी प्राप्त गरेपछि सो इलाकामा निगरानी गरीरहेको थियो।सोही जानकारीको आधारमा प्रहरीले छापामारी ६ जना नेपाली कामदारहरुलाई पक्राऊ गरेको हो ।

मदिरा कारखानाबाट बिक्री वितरणमा राखिएको ९८० बोतल घरेलु मदिरा पनि नियन्त्रणमा लिइएको छ। नेपालीद्वारा सञ्चालित घरेलु मदिरा उत्पादनका सामाग्रीहरुका साथ पक्राउ परेका नेपालीहरुलाई कारबाहीका लागी सम्बन्धित निकायमा पठाईएको छ।

कुवेतमा पबित्र महिना रामदान सकिन केहि दिन मात्र बाँक़ी रहेको र उक्त समयमा यसरी अवैध घरेलु मदिरा सहित नेपाली पक्राऊ पर्नु दुर्भाग्य पूर्ण रहेको छ।

पक्राउ परेका नेपालीको नाम,ठेगाना उल्लेख गरिएको छैन।कुवेतमा मदिरा उत्पादन तथा बेचबिखन गैरकानूनी मानिन्छ।


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

परराष्ट्र मन्त्रालयबाट सरुवा भई शिव बानियाले कुवेतस्थित नेपाली दूतावासमा द्वितीय सचिवका रूपमा कार्यभार ग्रहण गरेका छन्। केही समयदेखि रिक्त रहेको…

प्रतिकृयाहरू
...