Sunday 22nd March 2026

कोसेली समुहले पुर्वमहासचिव र साहित्य सम्पादकलार्इ विदार्इ गर्यो


तितोपाटी डट कम अब नया डिजाइनमा

बसन्त थापा- कोसेली समुह कुवेतले कुबेतको बसाईलाई बिट मार्दै अबको केहि दिनमा नेपाल फर्किन लागेका तीतोपाटी डट कम कुवेतका पुर्व महासचिव अर्जुन बस्नेत ‘उदासी’ र सक्रिय सदस्य मनोज काफ्ले ‘मनसुन’ लाई जुन ८,२०१८ शुक्रवारका दिन कुवेत सिटीको मुर्गब स्थित प्यारागन रेस्टुरेन्टमा एक कार्यक्रमका साथ बिदाई कार्यक्रम सम्पन्न गरेको छ।

कोसेली समुहका पूर्ब अध्यक्ष मनु मगर,संरक्षक तोयानाथ दाहाल, पूर्ब प्रबन्ध निर्देशक सुजन केसी,प्रबन्ध निर्देशक आनन्द आचार्य, तीतोपीटी डटकमका प्रधान सम्पादक- हरीकृष्ण न्यौपाने, संस्थाका अध्यक्ष- नबराज पन्थीद्वारा मायाको चिनो सहित बिदाई गरिएको थियो।

तीतोपाटी डटकममा आवद्ध रही अर्जुन बस्नेत मरुभूमि हालचाल प्रस्तोता रहेका थिए भने, मनोज काफ्ले साहित्य सम्पादकमा रहेका थिए। लामो समय देखि नै मीडिया प्रति अहम भूमिका निभाएका दुबै जनालाई सम्मान गर्न पाउँदा निकै खुसि लागेको तर मीडिया लाई भने क्षति पुगेको अध्यक्ष नबराज पन्थीले बताएका थिए।

बिदाई कार्याक्रममा बोल्दै बस्नेतले आफु नेपाल रहे पनि संस्थाको हरेक गतिबिधिमा आफ्नो साथ सदैव रही रहने बताएका थिए भने मनोज मनसुनले पनि सोही कुराको साथ जनाउँदै उपस्थित तथा कोसेली परिवार सम्पूर्णलाई दुबै जनाले धन्यवाद दिएका थिए।

समुहका दुइ जना सदस्यलार्इ विदाइ गर्दै गर्दा कोसेली समुहले विगत देखि नै कलम चलाउँदै अाएका गुलाम नवि मन्सुरलार्इ कोसेली समुहमा स्वागत गर्दै अाैपचारिक रूपमा समुहमा भित्र्याएको थियो ।

 

सो कार्यक्रममा समुहमा अावद्ध हुन चाहने सामाजिक भावना भएका सकारात्मक सोच राख्ने र कलम चलाउन इच्छुक जो कोही नया व्यक्तिलार्इ पनि कोसेली समुहमा अावद्द हुन सहज होस भने समुहले लामो समयदेखि संचालन गर्दै  अाएको बचत कोषको समापन गरि नया कोषको सुरूवात गरिएको छ भने कोसेली समुहको नीति, नियमका परिधि भित्र रहेर कोसेली समुहमा अावद्ध हुन चाहने नया सदस्यहरूलार्इ अागामी जुलाइ महिनाको समुहको बैठकबाट समुहमा अावद्ध गर्ने पनि बताइएको छ ।

कार्यक्रमको संचालन आनन्द आचार्यले गरेका थिए भने स्वागत मन्तब्यमा उपाध्यक्ष- टोमलाल पराजुली रहेका थिए। कार्यक्रममा बोल्दै कोसेली समुहका मनु मगर,तोयानाथ दाहाल, सुजन केसी, हरीकृष्ण न्यौपाने, नबराज पन्थी, लगायतले मन्तब्यको क्रममा दुबै जनालाई बिदाई गर्न पाउदा आफुहरू खुसि रहेको र दुबै जनाको उज्ज्वल भविष्यको कामना सहित शुभकामना दिएका थिए।

उक्त कार्यक्रममा केहि दिन देखी नयाँ जिजाईन गर्ने क्रममा रोकिएको वेब साईट तीतोपीटी डटकम अब नयाँ डिजाईनका साथ शुरु गरिएको छ। त्यस्तै गरि तीतोपीटी यूट्यूब च्यानललाई पनि सोही दिनबाट आधिकारिक रुपमा सुचारु गरिएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...