Sunday 18th January 2026

दैलेख जीप दुर्घटना : मृतकको संख्या पाँच पुग्याे


तीतोपाटी-दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन् ।

आज बिहान सुर्खेतदेखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ नजीक दुर्घटनामा पर्दा तीन जनाको घटना थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु हुनेमा ठाटीकाँध – १ का ३० वर्षीया निर्मल बम, वडा नं २ का सवारी चालक रमेश शाही तथा वडा नं ३ का ४७ वर्षीय राजेन्द्रबहादुर शाही छन् । मृतक राजेन्द्र नेपाली काङ्ग्रेसका वडा सभापतिसमेत हुन् ।

अन्य दुईको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटामा मृत्यु भएको ठाटीकाँध प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक तिलक शाहले जानकारी दिनुभयो । उहाँका अनुसार बीच बाटाम मृत्यु हुनेमा ठाटीकाँध – ३ का रत्ना शाही र ठाटीकाँध १ का २८ वर्षीय समशेर बम छन् ।

गम्भीर घाइते ३० वर्षीया युद्ध सूची, ठाटीकाँध– ४ का दिलीप शाही र २८ वर्षीय मनीष रासकोटीलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

जीप करीब ३०० मिटर तल खसेको प्रहरी सहायक निरीक्षक शाहले जानकारी दिनुभयो । उहाँका अनुसार जीप दुर्घटनाको मुख्य कारण खुल्न नसके पनि उकालो सडकमा जीप अगाडि वढ्न नसकेर पछाडितर्फ गुडेका कारण दुर्घटना हो ।

साभार दैनिकनेपाल


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

प्रतिकृयाहरू
...