Tuesday 23rd December 2025

आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो ऐतिहासीक अधिवेशनको सम्पूर्ण तयारी पुरा


तीतोपाटी-नोभेम्बर २५,कुवेत। विश्वका अदिवासी जनजाती एक हौ”भाषा धर्म लिपी भेषभुषा कला र सम्वधर्न गरौ भन्ने नाराका साथ आगामी ३० नोवेम्बर २०१८ शुक्रबार को दिन हुने नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको तेस्रो ऐतिहासिक अधिवेशनको तैयारी पुरा भएको आयोक ले जानकारी दिएका छन्।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कुबेत मा आवद्ध ८ संस्थाहरु सुनुवार सेवा समाज कुवेत,मगर संघ कवेत,किरात राई यायोक्खा कुबेत,नेपाल तामाङ घेदुङ कुबेत,तमू समाज कुवेत,किरात याक्थुङ चुम्लुङ कुबेत,तमू प्ये ल्हु संग कुबेत,)नेवाँ गुठी कुबेत,सहभागिता रहने भएको छ। कार्यक्रम लाई थप मनोरन्जन को लागि कुवेतका बिभिन्न जनजाती संस्थाहरुले आ-आफ्नो पहिचान झल्कने गीत, नृत्य, झाकी र अन्य साँस्कृतिक प्रस्तुतिहरु गर्ने गरी रंगी बिरंगी सांस्कृतिक कार्यक्रम रहने आयोजक ले जानकारी दिएका छन्।

कुवेतमा कृयाशील सम्पूर्ण नेपाली संघ संस्था सामजसेवी, बुद्दिजिबी,भद्रभलाद्मी, पत्रकार,कलाकार,खेलाडी,राजनीतिज्ञ,सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितीको लागि यहाँहरूलाई पत्रचार गरि सकिएको भएता पनि भुलचुक वा अन्य कारणबाट पत्र पाउन सक्नु भएको छैन भने यसै समाचार लाई आधार मानी कार्यक्रममा उपस्थितभई दिन आयोजक महासंघ कुवेत ले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम:सम्बन्धी थप जानकारी:-
कार्यक्रम:तेस्रो ऐतिहासिक अधिवेशन
मिति:नोवेम्बर ३० तारिक २०१८ शुक्रबार
समय:ठिक १२ बजे देखी
स्थान:फर्वानिय आइडियल अडिटोरियम हल
आयोजक:आदिवासी जनजाति महासंघ कुवेत


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...