Saturday 25th July 2026

कोरियामा एक नेपाली कामदारको मृत्यु


तितोपाटी – दक्षिण कोरियामा एक नेपाली कामदारको सुतेकै अवस्थामा मृत्यु भएको छ । इपिएसमार्फत पाँच महिनाअघि कोरिया आएका उदयपुर कटारीका २० वर्षीय दिपक कार्कीको बुधबार मृत्यु भएको श्रम सहचारी डिल्लीराम बास्तोलाले जानकारी दिए ।

मृतक कार्की खोङ्जु सहरको खेरोङम्यानस्थित स्टोबेरी खेतीमा काम गर्दै आएका थिए । बिहान काममा जान उठाउँदा कार्की मृत भेटिएको उनका साथीले जानकारी दिएका थिए । कार्की बेलुका फोनमा कुरा गरेर सुतेका थिए ।

प्रहरीले शव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा पुर्‍याएका छन् भने दूतावासलाई जानकारी गराइसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

यमनको हुथी विद्रोही समूहले साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अराम्को का जिजान र यान्बु क्षेत्रमा रहेका सुविधामाथि क्षेप्यास्त्र तथा…

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापना हुँदा यसले यो क्षेत्रलाई शान्ति, समृद्धि र साझा विकासतर्फ लैजाने ठूलो आशा जगाएको…

राष्ट्रपति द्रौपदी मुर्मू ले प्रधानमन्त्रीको सिफारिसमा धर्मेन्द्र प्रधान को राजीनामा स्वीकृत गरेकी छन्। साथै, केन्द्रीय मन्त्रिपरिषद्का सदस्य प्रह्लाद जोशी लाई…

प्रतिकृयाहरू
...