Tuesday 23rd December 2025

कोरियामा एक नेपाली कामदारको मृत्यु


तितोपाटी – दक्षिण कोरियामा एक नेपाली कामदारको सुतेकै अवस्थामा मृत्यु भएको छ । इपिएसमार्फत पाँच महिनाअघि कोरिया आएका उदयपुर कटारीका २० वर्षीय दिपक कार्कीको बुधबार मृत्यु भएको श्रम सहचारी डिल्लीराम बास्तोलाले जानकारी दिए ।

मृतक कार्की खोङ्जु सहरको खेरोङम्यानस्थित स्टोबेरी खेतीमा काम गर्दै आएका थिए । बिहान काममा जान उठाउँदा कार्की मृत भेटिएको उनका साथीले जानकारी दिएका थिए । कार्की बेलुका फोनमा कुरा गरेर सुतेका थिए ।

प्रहरीले शव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा पुर्‍याएका छन् भने दूतावासलाई जानकारी गराइसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...