Wednesday 13th August 2025

गोरखामा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु


तितोपाटी –  गोरखा नगरपालिका-११ चौध किलोमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । बा३७प ६९०१ नम्बरको मोटरसाइकले ठक्कर दिंदा सिरानचोक गाउँपालिका-४ का ६० बषिर्य हर्क बहादुर लामाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते लामाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज दयाराम पौडेलले बताए । मोटरसाइकल र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-महिला दिदीबहिनीको महान पर्व हरितालिका तीजको पावन अवसरमा दुबईमा तीज बिशेष साँस्कृतिक धमाका -२०२५  हुने भएको छ ।आउदो अगस्ट २४…

उत्तर प्रदेशको बलरामपुरमा २१ वर्षीया अपाङ्गता भएकी महिलामाथि बलात्कार भएको आरोप छ। पीडित महिला राति अबेर सुनसान सडकमा आफ्नो ज्यान…

इरानको प्रहरीले जुनमा इजरायल र इरानबीच भएको १२ दिने हवाई युद्धको क्रममा २१,००० जनालाई हिरासतमा लिएको बताएको छ, राज्य सञ्चारमाध्यमले…

प्रतिकृयाहरू
...