Sunday 3rd May 2026

डोटीमा एम्बुलेन्सको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु


तितोपाटी – डोटीको दिपायल सिलगढी नगरपालिका–४, पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । शैलेश्वरी अस्पतालको से १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा आठ वर्षीय इशान कुँवरको मृत्यु भएको हो । इशान शैलेश्वरी अस्पतालका निर्देशक आइजंग कुँवरका छोरा हुन् ।

एम्बुलेन्सको ठक्करबाट घाइते बालकको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको शैलेश्वरी अस्पतालले जानकारी दिएको छ ।

एम्बुलेन्स ब्याक गर्ने क्रममा बालकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । एम्बुलेन्स र त्यसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित शीर्षकहरु

मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक भएको छ । पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ…

डा. स्वर्णिम वाग्ले ले नेपालको अर्थतन्त्र अहिले “टेक–अफ प्वाइन्ट” मा पुगेको टिप्पणी गर्नु केवल आशावादी भाषण मात्र होइन, आर्थिक सम्भावनाको…

झापा मेचीनगर घर भएका युवा मनिष दर्जीले Kuwait मा आफ्नै क्याम्पको सिढीमा पासो लगाई आत्महत्या गरेको आज २१ दिन पूरा…

प्रतिकृयाहरू
...