Wednesday 7th October 2026

तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते


तितोपाटी – तनहुँमा अाज बस दुर्घटना हुँदा उक्त बसमा सवार ३७ जना यात्रु घाइते भएका छन् ।

भिमादबाट चितवन तर्फ जाँदै गरको ग १ ख ५८४७ नम्वरको  बस दुर्घटनामा परेकाे हो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुँवामा बस अनियन्त्रित भइ दुर्घटना भएकाे हाे। बस राजमार्गवाट ३० मिटर तल खोचमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार एक अर्को सवारीलाई साइड दिने क्रममा बस उकालोको भिरबाट तल खसेको थियो । घाइतेको प्रहरी र स्थानीयले उद्धार गरेका थिए।

घाइतेमध्ये ३३ काे तनहुँ स्थित दमौली, रत्नहरी र व्याससिटी अस्पतालमा उपचार गरिएको छ भने ४ यात्रुलार्इ मणिपाल अस्पताल पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका  प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...