Saturday 18th May 2024

तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते


तितोपाटी – तनहुँमा अाज बस दुर्घटना हुँदा उक्त बसमा सवार ३७ जना यात्रु घाइते भएका छन् ।

भिमादबाट चितवन तर्फ जाँदै गरको ग १ ख ५८४७ नम्वरको  बस दुर्घटनामा परेकाे हो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुँवामा बस अनियन्त्रित भइ दुर्घटना भएकाे हाे। बस राजमार्गवाट ३० मिटर तल खोचमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार एक अर्को सवारीलाई साइड दिने क्रममा बस उकालोको भिरबाट तल खसेको थियो । घाइतेको प्रहरी र स्थानीयले उद्धार गरेका थिए।

घाइतेमध्ये ३३ काे तनहुँ स्थित दमौली, रत्नहरी र व्याससिटी अस्पतालमा उपचार गरिएको छ भने ४ यात्रुलार्इ मणिपाल अस्पताल पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका  प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...