Thursday 14th August 2025

हेटाैंडामा कुटपिटबाट एक व्यक्तिको मृत्यु


तितोपाटी – हेटौंडा उपमहानगरपालिका ११ मा एक जनाको कुटपिटबाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १२ का रमेश राना मगरको अज्ञात व्यक्तिको कुटपिटबाट मृत्यु भएको हो ।

राप्ती खोला पारि रहेको जेठानको घरबाट वारि नवलपुर तिर आउँदै गरेका रानाको बञ्चरो र रडको प्रयोग गरी हत्या गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । हेटौंडा ११ नवलपुर र १२ सिग्रेनी जोड्ने झोलुङ्गे पुलमा गएराति उनीमाथि आक्रमण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- चर्चित लोक  गायिका बिष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । ‘म त नराउरी’ बोलको गीत सपना म्युजीक इन्डट्रिज…

तितोपाटी- कुलिंग पिरेड बिबादमा परे सँगै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।…

तितोपाटी-महिला दिदीबहिनीको महान पर्व हरितालिका तीजको पावन अवसरमा दुबईमा तीज बिशेष साँस्कृतिक धमाका -२०२५  हुने भएको छ ।आउदो अगस्ट २४…

प्रतिकृयाहरू
...