Wednesday 7th October 2026

प्युठानमा वडाअध्यक्षले शिक्षकको टाउकै फुट्ने गरेर कुटपीट गरे


तितोपाटी – प्युठानका एक वडाध्यक्षले त्यहाँको एक विद्यालयका शिक्षकलाई टाउकै फुट्ने गरि निर्घात कुटपिट गरेका छन् । जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष तुलस बस्नेतले शिद्धिमान एमसीलाई कुटपिट गरेका हुन् ।

जनता माध्यामिक विद्यालय लिवाङ्ग टिमीचौरका शिक्षक एमसीलाई विद्यालयभित्र अभिभावक भेला बसिरहेका बेला वडाध्यक्ष बस्नेतले कुटपिट गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले बताए ।

बुढाथोकीले भने– ‘अहिले जिल्ला अस्पतालमा उपचार गराउँदै र केश फारम  गरिदैँछ । त्यसपछि उजुरीका लागि बोलाइएको छ ।’ उनका अनुसार बैठक बसिरहेको बेला केही विवाद चल्दै जाँदा वडाध्यक्ष बस्नेतले कुर्ची उचालेर शिक्षक टाउकामा हिर्काएका थिए ।

शिक्षक एमसीको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरुबीच के विवाद थियो ? भन्नेबारे केही पनि खुलाइएको छैन  ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...