Thursday 14th August 2025

प्युठानमा वडाअध्यक्षले शिक्षकको टाउकै फुट्ने गरेर कुटपीट गरे


तितोपाटी – प्युठानका एक वडाध्यक्षले त्यहाँको एक विद्यालयका शिक्षकलाई टाउकै फुट्ने गरि निर्घात कुटपिट गरेका छन् । जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष तुलस बस्नेतले शिद्धिमान एमसीलाई कुटपिट गरेका हुन् ।

जनता माध्यामिक विद्यालय लिवाङ्ग टिमीचौरका शिक्षक एमसीलाई विद्यालयभित्र अभिभावक भेला बसिरहेका बेला वडाध्यक्ष बस्नेतले कुटपिट गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले बताए ।

बुढाथोकीले भने– ‘अहिले जिल्ला अस्पतालमा उपचार गराउँदै र केश फारम  गरिदैँछ । त्यसपछि उजुरीका लागि बोलाइएको छ ।’ उनका अनुसार बैठक बसिरहेको बेला केही विवाद चल्दै जाँदा वडाध्यक्ष बस्नेतले कुर्ची उचालेर शिक्षक टाउकामा हिर्काएका थिए ।

शिक्षक एमसीको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरुबीच के विवाद थियो ? भन्नेबारे केही पनि खुलाइएको छैन  ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- चर्चित लोक  गायिका बिष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । ‘म त नराउरी’ बोलको गीत सपना म्युजीक इन्डट्रिज…

तितोपाटी- कुलिंग पिरेड बिबादमा परे सँगै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।…

तितोपाटी-महिला दिदीबहिनीको महान पर्व हरितालिका तीजको पावन अवसरमा दुबईमा तीज बिशेष साँस्कृतिक धमाका -२०२५  हुने भएको छ ।आउदो अगस्ट २४…

प्रतिकृयाहरू
...