Saturday 17th January 2026

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ गम्भिर, दर्जनाै घाइते


तितोपाटी – मलामी बोकेर फर्किरहेको ट्याक्टर दुर्घटना हुँदा कञ्चनपुरको बेदकोट नगरपालिका- ८ मा दुईजनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन्। चारजनाको अवस्था गम्भीर रहेको प्रहरी बताएको छ।

अाज बिहान महाकाली नदीबाट मलामी ल्याएर फर्किरहेको से १ त ५४२२ नम्बरको ट्याक्टर पूर्वपश्चिम राजमार्गअन्र्तगत बेदकोट नगरपालिका ८ को कान्लापुल नजिकै दुर्घटना भएको हो । मृत्यु हुनेमा बेदकोट नगरपालिका- ५ बस्ने ३२ वर्षीय प्रेमसिंह धानुक र बेदकोट ४ बस्ने ८५ वर्षीय राजु नागरि रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले जानकारी दिए।

डीएसपी ओझाका अनुसार दुर्घटनामा परी ४ जना गम्भीर छन्। घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि भारत रिफर गरिएको छ भने एकजनालाई धनगढी रिफर गरिएको छ। बेदकोट नगरपालिका- ४ बस्ने ४५ वर्षीय आनसिंह धानुक, प्रकाश जोशी र बेदकोट ४ बस्ने २५ वर्षीय दिपेश धानुकलाई भारत र १६ वर्षीय दिलीप भण्डारीलाई सेती अञ्चल अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।

अन्य घाइते सामान्य रहेको र उनीहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ। मलामीबाट फर्किरहेको ट्याक्टरलाई म १ च ३११ नम्बरको जीपले ओभरट्याक गरेपछि ठोक्‍किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले सवारी साधन र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...