Wednesday 25th March 2026

अधिकारवादी स्वतन्त्र वामपन्थी नेता तुलाधरको ७७ वर्षको उमेरमा निधन, अन्त्येष्टी भोली


तितोपाटी – मानवअधिकारकर्मी तथा नागरिक अगुवा पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा अाज निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचरका क्रममा तुलाधरको निधन भएको हो । पूर्वराजनीतिज्ञसमेत रहेका तुलाधर मस्तिष्क स्नायुसम्बन्धी गम्भीर रोगसँग जुधिरहेका थिए । बिरामी भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तुलाधारको भोली (सोमबार) मात्र अन्त्येष्टि गरिने भएको छ ।

तुलाधारको पार्थिव शरीर केहीबेरमा घर लगिने पारिवारिक श्रोतले जनाएको छ । राजधानीको नर्भिक अस्पतालमा १२ बजेर ४५ मिनेटमा तुलाधारको निधन भएको थियो । तुलाधरका ज्वाई गौरी प्रधानले तुलाधरको सोमबार अन्त्येष्टि गरिने तय भएको जानकारी दिए ।

तुलाधरको स्वास्थ्यमा समस्या आएपछि उनलाई गत शुक्रबार साँझ मात्र माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएको थियो । त्यहाँबाट उनलाई नर्भिक अस्पतालमा रिफर गरिएको थियो ।

तुलाधार नेपाली राजनैतिक सामाजिक आन्दोलनका आगुवा मानिन्थे । उनी २०६२/६३ को शान्ति प्रक्रियाका एकजना सहजकर्ता पनि थिए । उनको उपचारका क्रममा सरकारले बेवास्ता गरेको गुनासो उनको परिवारले गर्दै आएको थियो ।

२०४६ सालमा कांग्रेस र तत्कालीन वाममोर्चालाई एक ठाउँमा ल्याउन उनको महत्वपूर्ण भूमिका थियो। नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापना गर्ने अभियानमा लामो समय खर्चिएका तुलाधर २०४२ मा नेकपा (माले) को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएपछि चर्चाको शिखरमा पुगेका थिए।

नेकपा एमालेको समर्थनमा २०४८ र २०५१ मा काठमाडौंबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्री भएका थिए। उनको मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका छ। तुलाधरका नेपाल भाषामा थुप्रै नाटक (ख्यालः), निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन्।

मानवअधिकार अन्दोलनका चर्चित नेता तुलाधरले पञ्चायत कालमा बामपन्थीहरूको प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भएर व्यवस्था बिरुद्धमा आवाज उठाएका थिए । मानवअधिकार संरक्षण मञ्च, मंका खललगायत संघ संस्थाका संस्थापक तुलाधर माओवादी सरकार वार्ताका क्रममा सहजकर्ताको भूमिकामा समेत रहेका थिए ।

त्यस्तै, प्रधानमन्त्री केपी ओलीले तुलाधारको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले दिवंगत तुलाधारप्रति श्रद्दाञ्जली अर्पण गर्दै परिवारजन र आफन्तजनमा गहिरो समवेदना समेत व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले तुलधारले नेपालको वामपन्थी आन्दोलनमा पुर्याएको योगदान सदा स्मरणीय रहने समेत बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...