Sunday 17th August 2025

काभ्रेमा ट्रक दुर्घटना हु्ँदा २ को मृत्यु, ३ घाइते


तितोपाटी – काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन्।

काभ्रेपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना१क ९५२४ नं को खाली ट्रक अनियन्त्रित भई सडकबाट करीब १०० फिट तल खस्दा भुम्लु गाउँपालिका–६ का २९ वर्षीय सरोज पहरी र १९ वर्षीय सुमन पहरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।

दुर्घटनामा भुम्लु गाउँपालिका–६ का ट्रकचालक ३० वर्षीय सरोज पहरी, २९ वर्षीय विष्णु पहरी, ३५ वर्षीय नीरबहादुर पहरी गम्भीर घाइते भएका छन्। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

-रासस

 


सम्बन्धित शीर्षकहरु

लुलु रिटेलले पहिलो चौमासिकको राजस्व ४.१ अर्ब डलर पुगेको रिपोर्ट गरेको छ, जुन वार्षिक ५.९% ले वृद्धि भएको छ।* *पहिलो…

कुवैत सिटी, दुई दर्जन भन्दा धेरैको ज्यान जाने गरी वितरित विषाक्त रक्सिको सेवनबाट हाल सम्म १० जना नेपाली मरेको पुष्टि…

-घनश्याम खतिवडा पृष्ठभूमि: संयुक्त राज्य अमेरिकी सरकारले माध्यमिक विद्यालय तहका बालबालिकाहरूलाई आफ्नो रुचिअनुसार मूल पाठयक्रम बाहेकका विषयहरूमा आफ्नो क्षमतालाई बढाउन…

प्रतिकृयाहरू
...