Thursday 13th August 2026

डेढ वर्षअघि प्रेमविवाह, अहिले श्रीमानविरुद्ध बलात्कारको उजुरी


तिताेपाटी – बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमान विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । मानले जबरजस्ती याैन सम्बन्ध राख्न खाेजेकाे भन्दै मुद्दा दर्ता गरिएकाे हो। भीमदत्त नगरपालिका २ भाँसीकी मञ्जु बडालले श्रीमान डम्बर जोशी विरुद्ध जबरजस्ती करणी उद्दाेगमा मुद्दा दर्ता गराएकी हुन्।

श्रीमान् जोशीले जबरजस्ती यौनसम्पर्क राखेको भन्दै मुद्दा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए। मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरिएकाे अाेझाले बताए। मुद्दा दर्तापछि डम्बरलाई पक्राउ गरिएको छ। उजुरी दर्ता गरेर जबर्जस्ती करणीअन्तरगत मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको छ । डम्बरलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको छ ।

मुलुकी संहिता लागू भएपछि यस्तो प्रकारको घटना पहिलो पटक आएको अाेझाले बताए। अपराध संहिताको परिच्छेद १८ मा करणी सम्बन्धी कसूरको दफा ९४० को उपदफा ९३० मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरे पाँच वर्ष कारागार सजायको व्यवस्था छ। उक्त व्यवस्थानुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक ओझाले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्।…

अमेरिकाले इरानमाथिको नाकाबन्दी कडा पार्‍यो, ५९ व्यावसायिक जहाजको मार्ग परिवर्तन अमेरिकी सेनाले इरानका बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने ५९ वटा…

जापानले जुलाई ३१ मा नेसनल इन्टेलिजेन्स ब्युरो (NIB) स्थापना गर्दै दशकौँपछि आफ्नो गुप्तचर संरचनामा ठूलो पुनर्गठन गरेको छ। यसको उद्देश्य…

प्रतिकृयाहरू
...