Monday 12th May 2025

डेढ वर्षअघि प्रेमविवाह, अहिले श्रीमानविरुद्ध बलात्कारको उजुरी


तिताेपाटी – बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमान विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । मानले जबरजस्ती याैन सम्बन्ध राख्न खाेजेकाे भन्दै मुद्दा दर्ता गरिएकाे हो। भीमदत्त नगरपालिका २ भाँसीकी मञ्जु बडालले श्रीमान डम्बर जोशी विरुद्ध जबरजस्ती करणी उद्दाेगमा मुद्दा दर्ता गराएकी हुन्।

श्रीमान् जोशीले जबरजस्ती यौनसम्पर्क राखेको भन्दै मुद्दा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए। मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरिएकाे अाेझाले बताए। मुद्दा दर्तापछि डम्बरलाई पक्राउ गरिएको छ। उजुरी दर्ता गरेर जबर्जस्ती करणीअन्तरगत मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको छ । डम्बरलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको छ ।

मुलुकी संहिता लागू भएपछि यस्तो प्रकारको घटना पहिलो पटक आएको अाेझाले बताए। अपराध संहिताको परिच्छेद १८ मा करणी सम्बन्धी कसूरको दफा ९४० को उपदफा ९३० मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरे पाँच वर्ष कारागार सजायको व्यवस्था छ। उक्त व्यवस्थानुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक ओझाले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

दिनहुँको सैन्य वृद्धि, सीमापार घातक आक्रमण, आरोप-प्रत्यारोप र प्रति-आरोपपछि भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्न सहमत भएका छन्। सन् १९४७…

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

प्रतिकृयाहरू
...