Sunday 12th October 2025

तमु समाज कुवेत द्वारा बाढी पिडित लाई ५१ हजार भन्दा बढी अार्थिक सहयाेग


तिताेपाटी –  तमु समाज कुवेतले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा मिति २०७५ भदौ २७ गते आएको भीषण बाढी पहिरो पिडित लाई  नेपाली  ५१ हजार १०० रूपैया आर्थिक सहयोग गरेको छ।
बाढी पहिरो पिडित लार्इ एक कार्यक्रम गरी रकम हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका वडा अध्यक्ष अर्जुन गुरुङ र वडा न. ७ का अध्यक्ष युवा घले लगायत समाजसेवी, बुद्धि,जिबी, साथै तमु समाज कुबेतका भू:पू उपाध्यक्ष, नबिन गुरुङ, समाजको भू:पू तमू साँस्कृतिक बिभागको प्रमुख द्रोण जङ्ग गुरुङ , केही महिनाको लागि छुट्टीमा जानु भएका समाजका सल्लाहकार शुक बहादुर गुरुङको उपस्थितीमा तमु समाजको सदस्यहरु बाट संकलन भएको रकम एकमुष्ट (नेपाली रु ५१ हजार १०० सय रुपैयाँ) मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन तमु लाई सहयोग रकम हस्तान्तरण गरेका थिए,  भने तमु समाज परिवार सम्पूर्ण सहयोगी मनहरुलाई अध्यक्ष अर्जुन तमुले धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे ।
सेवा नै धर्म हाे भन्दै अाफ्नाे  स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था तमु समाज कुबेतले  बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्यक्तिलाई, कहिले समुहलाई, कहिले गाउँ समाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

विश्वका ४० भन्दा बढी देशमा क्रियाशील झापाली समाजहरूको छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौं अधिवेशन झापाको बिर्तामोडमा भव्यतापूर्वक सम्पन्न भएको…

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

प्रतिकृयाहरू
...