Thursday 17th September 2026

तमु समाज कुवेत द्वारा बाढी पिडित लाई ५१ हजार भन्दा बढी अार्थिक सहयाेग


तिताेपाटी –  तमु समाज कुवेतले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा मिति २०७५ भदौ २७ गते आएको भीषण बाढी पहिरो पिडित लाई  नेपाली  ५१ हजार १०० रूपैया आर्थिक सहयोग गरेको छ।
बाढी पहिरो पिडित लार्इ एक कार्यक्रम गरी रकम हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका वडा अध्यक्ष अर्जुन गुरुङ र वडा न. ७ का अध्यक्ष युवा घले लगायत समाजसेवी, बुद्धि,जिबी, साथै तमु समाज कुबेतका भू:पू उपाध्यक्ष, नबिन गुरुङ, समाजको भू:पू तमू साँस्कृतिक बिभागको प्रमुख द्रोण जङ्ग गुरुङ , केही महिनाको लागि छुट्टीमा जानु भएका समाजका सल्लाहकार शुक बहादुर गुरुङको उपस्थितीमा तमु समाजको सदस्यहरु बाट संकलन भएको रकम एकमुष्ट (नेपाली रु ५१ हजार १०० सय रुपैयाँ) मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन तमु लाई सहयोग रकम हस्तान्तरण गरेका थिए,  भने तमु समाज परिवार सम्पूर्ण सहयोगी मनहरुलाई अध्यक्ष अर्जुन तमुले धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे ।
सेवा नै धर्म हाे भन्दै अाफ्नाे  स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था तमु समाज कुबेतले  बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्यक्तिलाई, कहिले समुहलाई, कहिले गाउँ समाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...