Tuesday 14th July 2026

रक्सी खाएर युएईमा चक्कु हानाहान, एक महिलाको ज्यान गयो


तिताेपाटी – चक्कु हानाहान हुँदा युएईमा एक जना नेपाली महिलाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् ।

नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको हो । ठेगाना नखुलेका ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।

सँगै काम गर्ने साथीहरुका अनुसार दसैँ मनाउने भन्दै पाँच नेपाली महिलाले सँगै बसेर रक्सी खाएका थिए । त्यसबेला उनीहरुबीच विवाद भएको थियो । विवाद भएको एक हप्ता पछि चक्कु हानाहान भएको हो ।

उनीहरु सारजाहमा रहेको तान्जिफ्को क्लिनिङ सर्भिसेस एलएलसी कम्पनीका काम गर्ने कामदारहरु हुन् । उनीहरूबीच दसैँ मनाउदा भएको विवदकै कारणले चुक्कु हानाहान भएको कम्पनीले पनि जनाएको छ ।

घटनाबारे कम्पनीले नेपाली दूतावासलाई जानकारी भने गराएको छैन । ‘शनिबार सार्वजनिक विदा भएकाले कम्पनी जानकारी नगराएको होला,’ कार्यवहाक राजदूत फुयाँलले भने, ‘दूतावासले घटनाको बारेमा जानकारी लिने प्रयास गरिरहेको छ ।’

यसरी भयो चक्कु हानाहान

टिकाको दिन शुक्रबार परेकाले प्रायः सबैले दसैँ मनाइरहेका थिए । त्यही दिन पाँच जना महिलाबीच विवाद भएको थियो ।

टिकाको एक हप्तापछि क्याम्प नजिकै अवैध रुपमा बंगाली नागरिकले बेच्ने रक्सी किन्न उनीहरु गएका थिए । रक्सी किन्न जाँदा दसैँको दिनको झगडाले फेरि उनीहरुबीच विवाद भयो । र, क्याम्प भित्र आएपछि सोनी तामाङले चक्कु चलाएकी थिइन ।

घाइते चार जनालाई तत्काल सारजहाँकै अल क्यासिमी अस्पताल पुर्‍याइयो । तर आइसियूमा राखेर उपचार गराउँदा गराउँदै शुक्रबार रातीनै सृजना बरालको ज्यान गयो ।

सामान्य घाइते भएका आशा दर्जी र सलिना मगर उपचार गराएर शनिबार क्याप फर्किएका छन् भने ममता चौधरीको अवस्था गम्भिर रहेको दूतावासले जनाएको छ । चक्कु चलाउने सोनी तामाङ सहित उपचार गराएर फर्किएका सलिना र आशालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई वर्ष अघि पनि यही कम्पनीमा कार्यरत जनकपुरका विरेन्द्र साहले छुरा चलाउँदा पाँचथरका रन्जित खपाङ्गीको ज्यान गएको थियो । चक्कु हानाहान भएकै कम्पनीमा दुई महिना अघि अर्घाखाँचीकी रिताले खनालले आत्महत्या गरेकी थिइन् ।

कारवाही के हुन्छ ?

युएईको कानुन अनुसार चक्कनु चलाउने सोनी तामाङलाई हत्याको अभियोगमा जेल चलान हुन्छ । अदालतमा मुद्धा दाएर भएपछि मृतकको परिवारले खुनको वदला खुन नै मागे मत्युदण्डको सजाय हुन्छ ।

मृतकको परिवारले ब्लडमनी मागे ब्लडमनी नै तिर्नपर्ने हुन्छ भने आममाफी दिए माफी हुन्छ । यो कम्पनीमा एक हजार भन्दा धेरै नेपाली कार्यरत छन् । सरसफाइको कामका लागि कामदार सप्लाई गर्ने भएकाले महिला कामदारको संख्या धेरै छ ।

यसअघि अन्जानमा दुर्घटनावश अरुको मृत्यु भएको घटनामा देश विदेशका नेपालीले ब्लडमनि संकलन गरेर धेरै नेपालीलाई जेलमुक्त गराएका छन् । तर यो घटना फरक प्रकृतिको भएकाले परिवारले ब्लड मनि माग गरे पनि नेपाली समुदायले सविनालाई सहयोग गर्ने सम्भावना न्युन छ।


सम्बन्धित शीर्षकहरु

इरानको सैन्य कमान्ड खातम अल–अन्बिया केन्द्रीय मुख्यालय (Khatam al-Anbiya Central Headquarters) का प्रवक्ताले सोमबार (१३ जुलाई) जारी गरेको विज्ञप्तिमा अमेरिकाले…

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

प्रतिकृयाहरू
...