Wednesday 26th November 2025

अन्नपूर्ण पदमार्गमा झोलुङ्गे पुल निर्माण


तिताेपाटी – अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित साम्रोङखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

अन्नपूर्ण पदयात्रा मार्गमा घुम्न जाने पर्यटकको सहजताका लागि पुल निर्माण गरिएको हो ।

पुल नहुँदा पर्यटकलाई झण्डै एक घण्टा लामो दूरीमा ओरालोउकालो गर्नुपर्ने बाध्यता थियो ।

पुल २८७ मिटर लामो तथा १३५ मिटर उचाइको रहेको छ ।

निर्माण समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष हिमबहादुर गुरुङले वर्षौँदेखिको आफूहरुको सपना पूरा भएको बताए ।

हङकङ निवासी व्यवसायी कादुरी परिवारको सहयोगमा पुल निर्माण गरिएको हो ।

रासस


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

प्रतिकृयाहरू
...