Wednesday 16th September 2026

कुवेतमा फेरि हृदयघातको कारण एक नेपाली महिलाको निधन


तितोपाटी – कुवेतमा हृदयघातका कारण झापा शनिश्चरे -६ स्थायी घर भएकी हर्का माया बिश्वकर्माको मृत्यु भएको छ ।

घरेलु कामदारमा ५ बर्ष पहिले कुवेत आएकी हर्का माया १६ अक्टोबर २०१८ का दिन कुवेतको सभानासिर स्थित फर्वानिया अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले धन कमाउने सपना बोकि बिदेश आएकी हर्का माया मंगलबारका दिन अचानक आफु लाई अस्वस्थ महसुस भए पछि फर्वानिया अस्पतालमा उपचार गराउन गएकी थिइन । फर्वानिया अस्पतालमा उपचारकै क्रममा केही समय पश्चात् डाक्टरले ०३९७२६९३ नंबरको राहदानी वाहक हर्का मायालाई मृत घोषणा गरेका थिए ।

नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादर मगरले तितोपाटी संग भने फर्वानिया अस्पतालको रिपोर्ट अनुसार उनको मृत्यु हृदयघातको कारणले भएको हो । मृतकका आफन्त सम्पर्कमा आइसकेकाले दूतावासले सोमबार उनको शव नेपाल पठाउने तयारी गरिरहेको छ ” ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...