Saturday 6th June 2026

पोखराको फेवातालमा खुल्ला पाैडी प्रतियोगिता, शिरिषको पोल्टामा उपाधि


तितोपाटी – ओलम्पियन शिरिष गुरुङले तेस्रोपटक पोखरामा भएको ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् । फेवातालमा शुक्रबार भएको प्रतियोगिताको आठौं संस्करणमा नेपाली सेनाका तर्फबाट प्रतिष्पर्धा गरेका गुरुङले निर्धारित २.५ किलोमिटर दुरी २१ मिनेट ३२.६७ सेकेण्डमा पार गर्दै पहिलो भएका हुन् ।

यसअघि उनले प्रतियोगिताको पाँचौं र छैठौं संस्करणमा उपाधि जितेका थिए । सन् २०१५ मा १९.४० मिनेटमा दुरी पार गरेको रेकर्ड उनकै नाममा छ । प्रतियोगितामा वेदज्ञराज जोशी दोस्रो भए । उनले २१.३८.११ मिनेटमा दुरी पार गरे । दीपंकर अवाले २१.४२.९२ मिनेटमा निर्धारित दुरी पार गरेर तेस्रो भए । उनीहरुले क्रमश: २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फ काठमाडौंकी उपास्ती महर्जन पहिलो भइन् । उनले २२ मिनेट ३३.३५ सेकेण्डमा दुरी पार गरिन् । समिराशोभा थापाले २३ मिनेट ५५.९५ सेकेण्डमा दुरी पार गरेर दोस्रो स्थान हासिल गरिन् । तेस्रो भएकी श्रेबी महर्जनले २४ मिनेट ०५.७७ सेकेण्डमा दुरी पार गरिन् । विजेताले क्रमश: १० हजार, ८ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

पोखराका खेलाडीमध्येबाट धनमान गुरुङ पहलो भए । उनले २६ मिनेट ४८.७४ सेकेण्डमा दुरी पुरा गरे । अर्जुन नेपालीले ३० मिनेट १८.१० सेकेण्डमा दुरी पार गरेर दोस्रो र ठाकुर चौधरीले ३३ मिनेट ५६.४९ सेकेण्डमा दुरी पार गरेर तेस्रो भए । उनीहरुले क्रमश: ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ पाए ।

प्रतियोगीले फेवातालको बाराहीघाट पौडी सुरु गरी तालपारी पुगेर पुन: बाराहीघाट फर्किएका थिए । प्रतियोगितामा ५ विदेशी सहित ४० खेलाडी सहभागी भए । महिलातर्फ १० जनाले प्रतिस्पर्धा गरे । नेपाल पौडी संघको सहयोगमा कास्की जिल्ला पौडी संघ र जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता गरेको हो । विजयी खेलाडीलाई प्रदेश सांसद राजीव पहारीले पुरस्कार वितरण गरे ।


सम्बन्धित शीर्षकहरु

विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता राष्ट्र भारत अहिले आफ्नो ऊर्जा सुरक्षालाई थप मजबुत बनाउन नयाँ साझेदारहरूको खोजीमा छ। मध्यपूर्वमा…

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) को पूर्वी क्षेत्रमा विद्रोही समूह एडीएफले गरेको आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ,…

प्रतिकृयाहरू
...