Thursday 16th May 2024

पोखराको फेवातालमा खुल्ला पाैडी प्रतियोगिता, शिरिषको पोल्टामा उपाधि


तितोपाटी – ओलम्पियन शिरिष गुरुङले तेस्रोपटक पोखरामा भएको ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् । फेवातालमा शुक्रबार भएको प्रतियोगिताको आठौं संस्करणमा नेपाली सेनाका तर्फबाट प्रतिष्पर्धा गरेका गुरुङले निर्धारित २.५ किलोमिटर दुरी २१ मिनेट ३२.६७ सेकेण्डमा पार गर्दै पहिलो भएका हुन् ।

यसअघि उनले प्रतियोगिताको पाँचौं र छैठौं संस्करणमा उपाधि जितेका थिए । सन् २०१५ मा १९.४० मिनेटमा दुरी पार गरेको रेकर्ड उनकै नाममा छ । प्रतियोगितामा वेदज्ञराज जोशी दोस्रो भए । उनले २१.३८.११ मिनेटमा दुरी पार गरे । दीपंकर अवाले २१.४२.९२ मिनेटमा निर्धारित दुरी पार गरेर तेस्रो भए । उनीहरुले क्रमश: २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फ काठमाडौंकी उपास्ती महर्जन पहिलो भइन् । उनले २२ मिनेट ३३.३५ सेकेण्डमा दुरी पार गरिन् । समिराशोभा थापाले २३ मिनेट ५५.९५ सेकेण्डमा दुरी पार गरेर दोस्रो स्थान हासिल गरिन् । तेस्रो भएकी श्रेबी महर्जनले २४ मिनेट ०५.७७ सेकेण्डमा दुरी पार गरिन् । विजेताले क्रमश: १० हजार, ८ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

पोखराका खेलाडीमध्येबाट धनमान गुरुङ पहलो भए । उनले २६ मिनेट ४८.७४ सेकेण्डमा दुरी पुरा गरे । अर्जुन नेपालीले ३० मिनेट १८.१० सेकेण्डमा दुरी पार गरेर दोस्रो र ठाकुर चौधरीले ३३ मिनेट ५६.४९ सेकेण्डमा दुरी पार गरेर तेस्रो भए । उनीहरुले क्रमश: ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ पाए ।

प्रतियोगीले फेवातालको बाराहीघाट पौडी सुरु गरी तालपारी पुगेर पुन: बाराहीघाट फर्किएका थिए । प्रतियोगितामा ५ विदेशी सहित ४० खेलाडी सहभागी भए । महिलातर्फ १० जनाले प्रतिस्पर्धा गरे । नेपाल पौडी संघको सहयोगमा कास्की जिल्ला पौडी संघ र जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता गरेको हो । विजयी खेलाडीलाई प्रदेश सांसद राजीव पहारीले पुरस्कार वितरण गरे ।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...