Tuesday 17th November 2026

कविता: विरहको जून


पखेटा छैनन्, उडूँ कहाँ म, आकाश टाढा छ,
मनै भने प्रियको सम्झनामा, हराउँदै जान्छ।
फूलका बगैँचा फुले पनि, मन फुल्न सक्दैन,
हजार तारा चम्के पनि, जून भेट्न सक्दैन।

मायाको मोहनी लागेपछि, चैन कहाँ रह्यो,
प्रियको मीठो सम्झनाले, निद्रा सबै लग्यो।
विरहको ज्वाला सल्किएर, छातीभित्र बल्छ,
आँसुको वर्षा झरे पनि, आगो कहाँ निभ्छ?

नदीको निर्मल जलले, तिर्खा मेट्न सक्दैन,
प्रेमविहीन यो जीवनले, खुसी भेट्न सक्दैन।
चित्त चिरिएको ठाउँमा, मायाको सियो खोज्छु,
प्रियले दिएको घाउभित्र, मिठास सधैँ रोज्छु।

दूर देशमा मेरो प्रिय, के सम्झन्छ होला?
मेरा गीतका मधुर स्वर, के सुन्दछ होला?
बन्धकीमा राखेको मन, फर्काउन आउला,
मायाको त्यो अधुरो कथा, पूर्ण बनाउन आउला?

साँझ ढल्दा दीप बाल्छु, बिहान बाटो हेर्छु,
प्रियको पाइलाको आहट, कल्पनामा सुन्छु।
जून झरेर आँगनमा, उज्यालो छर्दा पनि,
प्रियविनाको यो संसार, अधुरो लाग्छ अझै।

रचनाकार : गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रीस र नेदरल्याण्ड्सले सन् २०२७ देखि रवान्डामा आप्रवासी फिर्ता केन्द्र खोल्ने योजना सार्वजनिक गरेका छन्। यो केन्द्रमा…

अमेरिकी गुप्तचर निकायले इरानले अमेरिकी भूमिमै ठूलो आक्रमण गर्न सक्ने सम्भावनाबारे नयाँ सूचना प्राप्त गरेको जनाएको छ। उक्त सूचनाअनुसार इरानले…

आधुनिक भौतिक विज्ञानका केही महत्त्वपूर्ण खोजले ब्रह्माण्डको उत्पत्ति र अस्तित्वबारे नयाँ दार्शनिक प्रश्नहरू जन्माएका छन्। के ब्रह्माण्डमा देखिने असाधारण गणितीय…

प्रतिकृयाहरू
...