Saturday 7th November 2026

पूर्वेली टाइगर गोल्डकप सफल बनाउन झापाली समाज कुवेतको आर्थिक सहयोग


आगामी नोभेम्बर २० तारिख आयोजना हुन लागेको पूर्वेली टाइगर गोल्डकप–२०२६ सफल बनाउन झापाली समाज कुवेतले ८२ कुवेती दिनार (केडी) आर्थिक सहयोग प्रदान गरेको छ।

पूर्वेली टाइगर क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगितालाई सफल बनाउन तथा कुवेतमा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले समाजले सहयोग गरेको हो।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा झापाली समाज कुवेतका अध्यक्ष लिला पाण्डे, अन्तर्राष्ट्रिय झापाली समाजका केन्द्रीय सदस्य एवं झापाली समाज कुवेतका युवा संयोजक सागरजंग क्षेत्री तथा समाजका संरक्षक लोमस बास्तोलाको उपस्थिति रहेको थियो। सो अवसरमा सहयोग रकम पूर्वेली टाइगर क्लबका अध्यक्ष जीवन के. केरुङलाई हस्तान्तरण गरिएको थियो।

यसैगरी, आगामी दिनमा पनि कुवेतमा रहेका नेपाली समुदायका सामाजिक, खेलकुद तथा अन्य सामुदायिक गतिविधिमा झापाली समाज कुवेतको सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता युवा संयोजक सागरजंग क्षेत्रीले व्यक्त गर्नुभएको छ।

पूर्वेली टाइगर गोल्डकप–२०२६ को सफलताको हार्दिक शुभकामना!


सम्बन्धित शीर्षकहरु

तेहरान । अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किन सक्ने आशंकाबीच अमेरिकी अधिकारीले इरानी सर्वसाधारणलाई सतर्क रहन चेतावनी दिएका छन्।…

कुवेतमा बलिहाङ तङनाम तथा महागुरु फाल्गुनन्दको १४२औँ जन्मजयन्ती संयुक्त रूपमा मनाइँदै किरात याक्थुङ चुम्लुङ, कुवेत र किरात धर्मावलम्बीहरूको संस्था माङ्सेबुङ…

केन्याका धार्मिक नेता पॉल म्याकेन्जीलाई १९० बालबालिकासहित १९१ जनाको मृत्यु गराएको आरोपमा अदालतले २०० वर्षको जेल सजाय सुनाएको छ। म्याकेन्जीले…

प्रतिकृयाहरू
...