Friday 9th October 2026

मजदुरलार्इ ठग्ने शेर्पासँग अार्थिक कारवार नगर्न मलेसिया दूतावासको अनुरोध


तितोपाटी – मलेशियामा रहेका अबैधानिक नेपाली श्रमिकलाई स्वदेश पठाउछु भन्दै ठगी गर्न फूपू तोम्बा शेर्पा संग आर्थिक लेनदेन नगर्न नेपाली दूतावास मलेशियाले अनुरोध गरेको छ।

साबिक नाल्बु १ ताप्लेजुङ घर भै लामो समय देखि मलेशिया बस्दै आएका शेर्पाले मलेशियामा विभिन्न कारणले अबैधानिक बन्न बाध्य भएका नेपाली कामदारसंग आफुले स्वदेश फर्काउन सक्ने भन्दै प्रतिब्यक्ती २ हजार रिंगेट देखि ३ हजार रिंगेट सम्म अशुल गरि कामदारलाई अलपत्र पारेपछी उनी विरुद्ध नेपाली दूतावास मलेशिया र त्यहाँ स्थित स्थानीय प्रशासनमा उजुरी परेको थियो।

पीडित सहित मलेशियामा रहेका २१ वटा नेपाली संघसस्थाले सयुक्त रूपमा शेर्पा विरुद्ध कारबाहीको माग गर्दै उजुरी हालेपछि दूतावासले कानुनी रूपमा कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिदै शेर्पा संग कुनैपनी किसिमको आर्थिक कारोबार नगर्न सचेत गराएको छ।

आइतबार एक सूचना जारी गर्दै दूतावासले अबैधानिक रूपमा मलेशियामा रहेका नेपालीलाई ब्यक्तिगत रूपमा कसैले स्वदेश पठाउन नसक्ने भन्दै कानुनी प्रक्रिया पूरा गरि बैधानिक रूपमा फर्किन वा मलेशियन सरकारले समय समयमा दिने आममाफीमा सहभागी हुन अनुरोध गरेको छ।

दूतावासको सूचना जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

शनिबार हुने प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। प्रदर्शनकारीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा…

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको तीन वर्षपछि इरानको क्षेत्रीय प्रभाव र सुरक्षा रणनीतिमा गम्भीर चुनौती देखिएको…

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

प्रतिकृयाहरू
...