Monday 2nd November 2026

इरान–अमेरिका तनावले तेल बजारमा नयाँ दबाब


इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सकारात्मक वार्ता भइरहेको बताउँदै नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्।

तनावका कारण अन्तर्राष्ट्रिय तेल बजार प्रभावित भएको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिबारेल १०४.२८ डलरसम्म पुगेको थियो भने पछि वार्ताको सम्भावनाले केही घटेको छ।

अमेरिकाले इरानी तेल बिक्रीमा सहयोग गरेको आरोपमा २७ कम्पनी, ६ व्यक्ति तथा २२ जहाजमाथि नयाँ प्रतिबन्ध लगाएको छ। उता इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको र आणविक हतियार उत्पादन गर्ने योजना नरहेको दोहोर्‍याएको छ।

यसैबीच यमन, गाजा र पश्चिमी किनारामा जारी द्वन्द्वले मानवीय संकट थप गहिरिँदै गएको छ। यमनमा बढ्दो महँगी र आर्थिक समस्याले सर्वसाधारणको जीवन कठिन बनेको छ भने गाजामा सैन्य कारबाही र हिंसा जारी रहेको छ ।


सम्बन्धित शीर्षकहरु

कतारको मध्यस्थतामा तीन दिनसम्म छलफल; सम्झौताको मस्यौदा सुझावका लागि विभिन्न पक्षलाई पठाइयो, अर्को चरणको वार्ता सम्भव दोहा, २ नोभेम्बर। इरान…

विश्व लिलामी कीर्तिमान नेपालको नेवार कला हङकङ, २ नोभेम्बर। नेपालमा १२औँ शताब्दीमा निर्माण भएको भगवान् मञ्जुश्रीको ऐतिहासिक मूर्ति हङकङमा भएको…

इरानको दाबी र खाडी राष्ट्रहरूको प्रतिवाद इरानले क्षेत्रीय सैन्य कारबाहीलाई अमेरिकी सैन्य अखडाविरुद्धको प्रतिरक्षा भन्दै आएको छ। तर खाडी राष्ट्रहरूले…

प्रतिकृयाहरू
...