Monday 2nd March 2026

एक वर्ष अघि साप्ताहिकमा छापिएको तस्विरका कारण मोडल लक्ष्मी अाचार्य विवादमा


तितोपाटी – यतिबेला सामाजिक सञ्जालमा गायिका तथा मोडल लक्ष्मी आचार्यको एक तस्बिर भाइरल भएको छ । तस्बिरका कारणले उनले निकै आलोचना खेप्नु परिरहेको छ ।  शुक्रवार साप्ताहिक पत्रिकाले धेरै पहिले ब्लोअपमा प्रकाशन गरेको उक्त तस्बिरमा गायिका आर्चायलाई न्यूड देख्न सकिन्छ ।

पछिल्लो समय नेपालमा बलात्कारजस्ता जघन्य अपराधका घटना बढिरहेको छ । यस्तो बेला उत्तेजक तस्बिर प्रकाश गर्नु र तस्बिर खिचाउनु दुबै गलत भएको धारण सामाजिक सञ्जालमा सर्वसाधारणले राखिरहेका छन् । तस्बिर खिच्ने, प्रकाशन गर्ने र खिचाउने सबै गलत भन्दै उनीहरुमाथि कारबाही गर्नुपर्ने समेतको विचार समेत सामाजिक सञ्जालमा सर्वसाधारणले  पोखिरहेका छन् ।

कहिले छापियो तस्बिर ?

अहिले सामाजिक सञ्जालमा यो तस्बिर हालै प्रकाशित भए जसरी प्रचार गरिएको छ । तर, गायिका आचार्यको भाइरल तस्बिर २०७४ असोज २७ गते बिहिबार प्रकाशित शुक्रबार साप्ताहिमा छापिएको हो ।

शुक्रबार सुन्दरीको रुपमा ब्लोअप पेजमा सहायक तस्बिरको रुपमा यो छापिएको छ । ब्लोअपको मेन तस्बिरको रुपमा अर्कै तस्बिर छापिएको छ । मुख्य ब्लोअपमा बक्षस्थलमा ओम लेखिएको ट्याुट भएको तस्बिर छापिएको छ । तस्बिर रमेश दुवालले खिचेका हुन् ।

तस्बिरमा के छ ?
भाइरल तस्बिरमा आचार्य न्यूड देखिएकी छन् । कुकुर काखमा राखेर मोडलिङ शैलीमा खिचिएको तस्बिरमा गोप्य अंग उक्त कुकुरले छोपिएको छ ।

के भन्छिन् लक्ष्मी 
आफ्नो तस्बिरलाई अहिले गलत तरिकाले प्रचार गरिएको आचार्य बताउँछिन् । शुक्रबार साप्ताहिकले बदनियतपूर्ण तरिकाले आफ्नो तस्बिर सम्पादन गरी छापेर पत्रिका चलाउन खोजेको समेत उनको आरोप रहेको छ ।

पत्रिकाले सो तस्बिर नसोधी छापेको दाबी गर्दै उनले चर्चाको लागि आफूलाई दुरुपयोग गरेको बताइन् ।   शुक्रबारमा यस्तो प्रकृतिको तस्बिर आएको कुरा आफूलाई धेरैपछि मात्रै जानकारी भएको उनको भनाई रहेको छ ।

सोही तस्बिर अहिले भाइरल भएपछि आफूलाई तनाव बढेको उनले रातोपाटीसँग बताइन् । ‘तस्बिरका कारण देश विदेशबाट फोनहरु आइरहेका छन् । राम्रा नराम्रा कुराको सामाना गर्नु परिरहेको छ’ उनले भनिन् ‘निकै लामो संघर्ष र मेहनतले कलाकारितामा बनाएको नाम यसले धमिल्याउन सक्छ ।’

‘ठूलो संर्घष र त्यागका साथ कलाकारितामा म खुट्टा अड्याउन सफल भएकी हुँ’ उनले थपिन् । आचार्यको तस्बिरलाई लिएर अहिले सामाजिक सञ्जालमामा बलात्कारको विभिन्न घटनासँग पनि जोडेर चर्चा भइरहेका छन् । यसले आफूलाई निकै दुःख पुगेको र शनिबार दिनभर रोएको उनले बताइन् ।

विगत दुई महिनादेखि घरको कामले गर्दा आफू सामाजिक सञ्जालबाट बाहिर रहेको बताउँदै उनले जानकारीबिनै छापिएको पुरानो तस्बिरलाई अहिले विवादको विषय नबनाउन आग्रह गरिन् ।

को हुन् आचार्य  ?
लक्ष्मी आचार्य लामो समयदेखि गायन क्षेत्रमा क्रियाशील गायिका हुन् । लोकगीतबाट गायन सुरु गरेकी उनले पछिल्लो समय लोक, आधुनिकको अलवा तीज गीत समेत सार्वजनिक गर्दै आएकी छन् । धनगढी घर भई हाल काठमाडौं बस्दै आएकी लक्ष्मीका दर्जन बढी गीतहरु बजारमा आएका छन् ।

तीमध्ये केही गीतका म्युजिक भिडियोमा समेत उनी आफैँले मोडलिङ गर्दै आएकी छन् । आचार्य केही पहिले एक युट्युवमा दिएको एक अन्तवार्ताको कारणले पनि विवादमा तानिएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

इरानी सरकारी टेलिभिजनले आइतबार बिहान सर्वोच्च नेता अली खामेनीको हत्या भएको पुष्टि गर्‍यो, जुन १९८९ पछि इरानमा सबैभन्दा ठूलो राजनीतिक…

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

प्रतिकृयाहरू
...