Wednesday 16th September 2026

एसियाली खेलकुदमा नेपालको आज जापानसँग खेल


नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगितामा बुधबार घरेलु टोली जापानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ४ः०५ बजे जापानको आइचीस्थित कोमाकी सिटी स्पोर्ट्स पार्क जेनरल जिम्न्यासियममा हुनेछ।

लगातार दोस्रोपटक एसियाली खेलकुद खेलिरहेको नेपाल समूह ‘ए’ मा जापान र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। विश्व वरीयतामा जापान छैटौँ र नेपाल ६९औँ स्थानमा रहेकाले नेपाललाई बलियो चुनौती रहने अपेक्षा गरिएको छ।

नेपाली टोलीको कप्तानी निरुता ठगुन्नाले गर्नेछिन् भने प्रशिक्षक जगदीश भट्ट रहेका छन्। नेपालले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।…

नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगितामा बुधबार घरेलु टोली जापानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ४ः०५ बजे जापानको…

चीनले सांघाई नजिकको समुद्री क्षेत्रबाट एकैपटक ९ वटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। बुधबार बिहान ग्राभिटी–१ वाई३ रकेटमार्फत प्रक्षेपण…

प्रतिकृयाहरू
...