Tuesday 15th September 2026

मलेसिया म्यानपावर विवाद चुलियो


मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र एफडब्लूसीएमएस प्रणालीमार्फत श्रमिक पठाउने अनुमति दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकारले यसलाई प्रतिस्पर्धा सीमित गर्ने र श्रम सम्झौताविपरीत हुने भन्दै अस्वीकार गरेको छ।

सरकारले सूचीकृत २५ कम्पनी र तिनसँग आबद्ध २५० सहयोगी कम्पनीमाथि छानबिन थालेको छ भने नयाँ पूर्वस्वीकृति प्रक्रिया पनि रोकिएको छ। समस्या समाधानका लागि नेपालले मलेसिया सरकारलाई कूटनीतिक नोट पठाएर सूची पुनर्विचार गर्न आग्रह गरेको छ।

विज्ञहरूले श्रमिकको हितलाई ध्यानमा राख्दै संवाद र कूटनीतिक पहलमार्फत समाधान खोज्नुपर्ने बताएका छन्। हाल तत्काल मलेसिया रोजगारी बन्द हुने अवस्था नरहे पनि विवाद लम्बिएमा नेपाली श्रमिक प्रभावित हुन सक्ने


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

प्रतिकृयाहरू
...