Thursday 10th September 2026

जोर्डनस्थित अमेरिकी हवाई अड्डामा इरानी हमला, A-10 सहित ८ F-15 क्षतिग्रस्त


जोर्डनस्थित अमेरिकी सैन्य हवाई अड्डा Muwaffaq Salti Air Base मा राति भएको इरानी ब्यालिस्टिक मिसाइल हमलामा अमेरिकी सेनाका एक A-10 Thunderbolt र करिब आठ F-15 लडाकु विमानमा क्षति पुगेको रिपोर्ट सार्वजनिक भएको छ। CBS की पत्रकार Jennifer Jacobs ले स्रोतहरूलाई उद्धृत गर्दै उक्त जानकारी दिएकी हुन्।

रिपोर्टअनुसार A-10 Thunderbolt ‘Warthog’ मा गम्भीर क्षति पुगेको छ र त्यसको एउटा पखेटा नै छुटेको बताइएको छ। त्यस्तै, करिब आठ F-15 विमानमा सामान्य क्षति पुगे पनि ती विमानहरूलाई पुनः सञ्चालनमा ल्याइएको स्रोतहरूले बताएका छन्।

यसअघि जोर्डनतर्फ इरानबाट आएका मिसाइल तथा ड्रोनका कारण उक्त अमेरिकी आधार क्षेत्र पटक–पटक निशानामा पर्दै आएको थियो। पछिल्लो हमलाले अमेरिकी सैन्य संरचना र विमानहरू समेत प्रत्यक्ष रूपमा क्षति बेहोर्न सक्ने अवस्था रहेको देखाएको छ। यद्यपि, यस घटनामा अमेरिकी वा जोर्डनतर्फ मानवीय क्षतिको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन।


सम्बन्धित शीर्षकहरु

बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित…

पूर्वी युक्रेनको महत्वपूर्ण सहर क्रामाटोर्स्क तर्फ रुसी सेना बिस्तारै नजिकिँदै गएको छ। युक्रेनी अधिकारीहरूका अनुसार सहरमा दैनिक रूपमा बम र…

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

प्रतिकृयाहरू
...