Sunday 6th September 2026

कुवेतमा नागरिकता खोसिएकालाई अब १० वर्षसम्मको रेसिडेन्सी अनुमति


कुवेतको गृह मन्त्रालयले Decision No. 1410 of 2026 जारी गर्दै विदेशी नागरिकसम्बन्धी रेसिडेन्सी कानुनको कार्यान्वयन नियमावलीमा महत्वपूर्ण संशोधन गरेको छ।

कुवेतको आधिकारिक राजपत्र ‘Kuwait Al-Youm’ मा प्रकाशित निर्णयअनुसार, सरकारी आदेशमार्फत कुवेती नागरिकता रद्द भएका र आफ्नो पुरानो विदेशी नागरिकता पुनः प्राप्त गरेका वा नयाँ विदेशी नागरिकता लिएका व्यक्तिलाई अधिकतम १० वर्षसम्मको सामान्य रेसिडेन्सी अनुमति दिन सकिने व्यवस्था गरिएको छ।

यो व्यवस्था त्यस्ता व्यक्तिबाट आश्रितका रूपमा कुवेती नागरिकता प्राप्त गरेका व्यक्तिहरूमा समेत लागू हुनेछ।

रेसिडेन्सी मामिला हेर्ने General Department of Residency Affairs का महानिर्देशकले यस्तो रेसिडेन्सी प्रदान गर्ने तथा नवीकरण गर्ने आवश्यक शर्त र नियम निर्धारण गर्नेछन्। योग्य व्यक्तिलाई विभागले तोकेका नियमअनुसार कुवेतमा काम गर्नसमेत अनुमति दिन सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, संशोधित Article 37 ले सामान्यतया विदेशी रेसिडेन्टलाई कुवेतबाहिर लगातार ६ महिनाभन्दा बढी बस्न नदिने व्यवस्थामा केही अपवाद थपेको छ। कुवेती महिलाका त्यस्ता सन्तान जसले आश्रितका रूपमा कुवेती नागरिकता प्राप्त गरेका छैनन्, कुवेतमा सम्पत्ति भएका व्यक्ति, Law No. 116 of 2013 अन्तर्गत लगानीकर्ताका रूपमा रेसिडेन्सी पाएका व्यक्ति तथा Article 7 bis अन्तर्गत रेसिडेन्सी पाएका व्यक्तिहरूलाई यसमा अपवाद दिइएको छ।

यसका अतिरिक्त, वैध रेसिडेन्सी कायम रहेको अवस्थामा General Department of Residency Affairs ले तोकेका शर्त पूरा गरेमा विदेशी नागरिकलाई ६ महिनाभन्दा लामो समय कुवेतबाहिर बस्न पनि अनुमति दिन सकिने व्यवस्था गरिएको छ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकी विमानवाहक युद्धपोत र अमेरिकी नौसेनाको एक डेस्ट्रोयरलाई लक्षित गर्दै धेरैवटा ब्यालेस्टिक मिसाइल…

इजिप्टको कायरोस्थित फौजदारी अदालतले चर्चित टेलिभिजन प्रस्तोता तथा निर्माता सारा खलिफासहित १२ जनालाई मृत्युदण्ड सुनाएको छ। उनीहरूलाई लागुऔषध उत्पादन तथा…

प्रतिकृयाहरू
...