Saturday 5th September 2026

बिनाशकारी बाढीको ११ दिनसम्म पनि नेपालमा सुरूङ र पुरिएका घरबाट जिउँदै उद्दार


नेपालमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा एक चिनियाँ नागरिकलाई १० दिनपछि जलविद्युत अायोजनाको सुरुङबाट र बाढीको लेदोले पुरिएको घरभित्र फसेकी एक महिलालाइ ११ अाैं दिनमा जिवित उद्दार गरिएको छ ।

नेपाली सेना र दक्षिण कोरियाली उद्धार विज्ञहरूको संयुक्त टोलीले अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको २२५ मिटर लामो सुरुङभित्र फसेका चीनिया नागरिकलाई सुरक्षित बाहिर निकालेको हो। उद्धारपछि उनलाई हेलिकप्टरमार्फत उपचारका लागि लगिएको छ।

त्यस्तै, नुवाकोटमा हिलोले पुरिएको घरभित्र फसेकी ६४ वर्षीया एक नेपाली महिलालाई पनि जीवित उद्धार गरिएको छ। उनलाई उपचारका लागि काठमाडौं लगिएको नेपाली सेनाले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा अझै पनि सयौं कामदार र स्थानीयवासी बेपत्ता छन्। उद्धारमा नेपालसँगै भारत, चीन, दक्षिण कोरिया, अष्ट्रेलिया र अमेरिकाका टोलीहरू समेत खटिएका छन्।

सरकारी तथ्यांकअनुसार हालसम्म बाढीमा १,३७५ जनाको मृत्यु भएको छ भने ५,००० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्।


सम्बन्धित शीर्षकहरु

नेपालमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा एक चिनियाँ नागरिकलाई १० दिनपछि जलविद्युत अायोजनाको सुरुङबाट र बाढीको…

अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी सेनाले इरानसँग सम्बन्धित तीनवटा तेल ट्यांकरलाई निशाना बनाएको…

मनकामना मिडिया अपडेट कुवेत परिवारले नेपालका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री…

प्रतिकृयाहरू
...