Wednesday 21st October 2026

काठमाडौं–हेटौँडा सवारीका लागि नयाँ रुट निर्धारण


भोटेकोसी बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरीले काठमाडौं र हेटौँडा बीच चल्ने सवारीसाधनका लागि नयाँ रुट लागू गरेको छ।

प्रहरीका अनुसार १० चक्कासम्मका मालवाहक र ठूला यात्रुवाहक सवारीसाधन काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। १४ सिटभन्दा कम क्षमताका साना सवारीसाधनका लागि पनि छुट्टै मार्ग तोकिएको छ।

कान्ति राजमार्ग प्रयोग गर्ने सवारीसाधनले साँझ ६ बज्नुअघि ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। प्रहरीले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, ओभरटेक नगर्न र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरेको छ।

बाढी र पहिरोका कारण धादिङको कृष्णभिर र परेवाभिर क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...