Sunday 1st November 2026

विपद् राहत कोषमा राजनीतिक दलहरूको सहयोग घोषणा


भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूले आर्थिक सहयोग घोषणा गरेका छन्।

नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका तर्फबाट उक्त सहयोग उपलब्ध गराइने बताएका हुन्।

नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ।

त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**ले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

नेकपाले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

श्रम संस्कृति पार्टीले १५ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ।

अन्य राजनीतिक दलहरूले पनि बाढी पीडितका लागि राहत रकम उपलब्ध गराउने तयारी गरिरहेका छन् भने बाढीपछि राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूबाट सहयोग घोषणा हुने क्रम जारी रहेको छ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...