भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूले आर्थिक सहयोग घोषणा गरेका छन्।
नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका तर्फबाट उक्त सहयोग उपलब्ध गराइने बताएका हुन्।
नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ।
त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**ले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
नेकपाले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
श्रम संस्कृति पार्टीले १५ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ।
अन्य राजनीतिक दलहरूले पनि बाढी पीडितका लागि राहत रकम उपलब्ध गराउने तयारी गरिरहेका छन् भने बाढीपछि राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूबाट सहयोग घोषणा हुने क्रम जारी रहेको छ।