Sunday 30th August 2026

भोटेकोशी-त्रिशुली बिनाशकारी बाढीमा मर्नेको संख्या ७८१ पुग्यो


रसुवा स्थित भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७८१ पुगेको छ भने ३,००० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्।

गत बुधबार आएको हिम, चट्टान, माटो र ढुंगामिश्रित भीषण बाढीले नेपालका रसुवा, नुवाकोट धादिङ जिल्ला लगायतका नदी किनारका बस्तीहरूमा व्यापक क्षति पुर्‍याएको हो। नेपालमा ७८१ जनाको मृत्यु भएको र २,५०२ जना बेपत्ता छन् भने चीनको जिरोङ काउन्टीमा १६ जनाको मृत्यु तथा ५४६ जना हराइरहेका छन्। तिब्बत क्षेत्रमा २३ देशका २६१ विदेशी नागरिक पनि सम्पर्कविहीन रहेको बताइएको छ।

अविरल वर्षा, नदीको बढ्दो सतह र नयाँ पहिरोको जोखिमका कारण उद्धार कार्यमा कठिनाइ भए पनि नेपालले करिब १० हजार सेना, सशस्त्र प्रहरी र प्रहरी परिचालन गरेर उद्दार कार्य गरिरहेको छ भने चीन र भारतका विशेषज्ञ टोलीहरू पनि उद्धारमा संलग्न छन्। विशेष गरी त्रिशूली क्षेत्रका जलविद्युत् आयोजनाहरूमा फसेकाहरूको खोजी कार्य तीव्र बनाइएको छ।

रेडक्रसका अनुसार ९० हजारभन्दा बढी मानिस यस विपत्तिबाट प्रभावित भएका छन्। घटनापछि नेपालमा पहिचान हुन नसकेका सयौँ शवहरूको अल्पकालिन व्यवस्थापन गरिएको छ। भविष्यमा पहिचान गर्न सकियोस् भनेर डीएनए नमुना संकलन गरिएको छ।


सम्बन्धित शीर्षकहरु

डिजिटल वित्तीय प्रणालीको तीव्र विकाससँगै क्रिप्टोकरेन्सी विश्वभर लोकप्रिय बन्दै गएको छ। छिटो, सीमापार र मध्यस्थ निकायविना कारोबार गर्न सकिने सुविधाका…

धमिलो दृष्टि (Blurred Vision) आँखासम्बन्धी सबैभन्दा सामान्य समस्यामध्ये एक भएको र यसलाई बेवास्ता गर्दा गम्भीर स्वास्थ्य समस्या लुकिरहेको हुन सक्ने…

इरानसँगको युद्ध छ महिनामा प्रवेश गर्दा खाडी क्षेत्रको ऊर्जा उद्योगमा गम्भीर असर परेको छ। युद्ध सुरु भएयता विश्व बजारमा ब्रेन्ट…

प्रतिकृयाहरू
...