Friday 28th August 2026

भोटेकोशी बाढी अपडेट: मृतक ५९७, सम्पर्कविहीन १,९२४


भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ५९७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझ ७ बजेसम्म उक्त संख्यामा शव फेला परेको हो।

प्राधिकरणका अनुसार हालसम्म १,९२४ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका २८ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बलका १३ जना, भन्सारका १५ जना तथा अध्यागमन कार्यालयका १५ जना कर्मचारी रहेका छन्। यस्तै, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना तथा ५१७ जना विदेशी नागरिकको अवस्था अझै अज्ञात रहेको जनाइएको छ।

शव फेला परेका जिल्लामध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० तथा चितवनमा सबैभन्दा बढी २३३ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

बाढीका कारण घाइते भएका १०१ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन १५ हजार ४३१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्राधिकरणले रसुवा, नुवाकोट तथा मकवानपुर क्षेत्रबाट अझै केही सम्पर्कविहीन व्यक्तिहरूको विवरण प्राप्त भइरहेकाले तथ्यांक थप अद्यावधिक हुन सक्ने जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यहरू जारी रहेका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार तथा राहतका लागि १२ भन्दा बढी देशले नेपाल सरकारसँग सहयोगको अनुमति मागेका…

काठमाडौं — चीनको तिब्बत सीमासँग जोडिएका नेपालका बाढी प्रभावित क्षेत्रमा उद्धार टोलीहरू समयसँग प्रतिस्पर्धा गर्दै बेपत्ता तथा सम्भावित जीवित व्यक्तिको…

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ५९७ पुगेको छ भने सयौं मानिस अझै बेपत्ता रहेका छन्।…

प्रतिकृयाहरू
...