Friday 28th August 2026

बाढीमा मृत्यु हुनेको संख्या ४७५ पुग्यो, ५३७ विदेशी सहित ९ सय बढी अझै बेपत्ता


नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार कार्य अझै जारी रहेको छ। पहिरोपछि बनेको अस्थायी ताल फुट्न सक्ने जोखिमका कारण केही समय रोकिएको उद्धार अभियान पुनः सञ्चालनमा ल्याइएको छ। चिनियाँ अधिकारीहरूले तालको अवस्थाबारे निगरानी गर्न सिसिटिभी जडान गरिरहेका छन्।

नेपालमा मृत्यु हुनेको संख्या ४७५ पुगेको छ भने ९०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्। बेपत्तामध्ये ५३७ विदेशी नागरिक रहेको विवरण सार्वजनिक गरिएको छ, जसमा भारतीय, अमेरिकी, युक्रेनी, मलेसियाली, अष्ट्रेलियाली र बेलायती नागरिकहरू पनि छन्।

बाढीबाट प्रभावित ३ हजार २ सय ५३ जना व्यक्तिको उद्धार गरिएको सरकारले जनाएको छ । नेपाली सेनाका ६ र निजी ९ गरी १५ वटा हेलिकप्टर उद्धारका लागि खटिएको पनि सरकारले जनाएको छ । त्यस्तै, चार वटा हेलिकप्टरमार्फत खाद्य तथा अन्य सामाग्री प्रभावित स्थानमा पठाइएको पनि सरकारले जनाएको छ ।

तिब्बततर्फ तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५५८ जना अझै बेपत्ता रहेका छन्। चिनियाँ अधिकारीहरूका अनुसार हालसम्म ५५५ पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ।


सम्बन्धित शीर्षकहरु

हाले नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा धेरै…

नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कुवेतमा रहेका नेपाली समुदायबाट सहयोग संकलन गर्न गैरआवासीय…

नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ४६९ पुगेको छ भने १,३०० भन्दा बढी व्यक्ति…

प्रतिकृयाहरू
...