Monday 24th August 2026

सिन्डिकेट विवादपछि एफडब्लूसीएमएसबाट बाहिरिँदै २५ नेपाली म्यानपावर


मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ नेपाली म्यानपावर कम्पनीले आफ्नो नाम प्रणालीबाट हटाउने भएका छन्।

युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलपछि २५ वटै कम्पनीले सामूहिक रूपमा नाम फिर्ता लिन सहमति जनाएका हुन्। सीमित कम्पनीलाई मात्र मलेसियाली रोजगारदातासँग प्रत्यक्ष पहुँच दिइएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरूले विरोध गर्दै आएका थिए।

यसअघि एफडब्लूसीएमएसमा सूचीकृत २५ कम्पनीलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सदस्यताबाट निलम्बन गरेको थियो। विवादपछि ती कम्पनीहरूले पनि यस्तो व्यवस्था दीर्घकालीन रूपमा उपयुक्त नभएको निष्कर्ष निकाल्दै प्रणालीबाट बाहिरिने निर्णय गरेका छन्।

अब ती २५ कम्पनीले वैदेशिक रोजगार व्यवसायी संघमा समेत आफ्नो प्रतिबद्धता पेश गर्नुपर्ने भएको छ। साथै नेपाल र मलेसियाबीच श्रम आप्रवासनसम्बन्धी विषय आपसी संवाद र सहमतिबाट समाधान गर्नुपर्नेमा दुवै पक्षको जोड रहेको छ।

तस्बिर साभारः AI


सम्बन्धित शीर्षकहरु

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै…

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

प्रतिकृयाहरू
...