Wednesday 21st October 2026

४२० मेगावाटको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न


कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण र २५ प्रतिशत प्रवर्द्धक पक्षबाट जुटाइनेछ।

आयोजनाले निर्माण सुरु भएको चार वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। वार्षिक २,३१८ गिगावाट-घण्टा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने अपेक्षा गरिएको छ।

स्थानीय बासिन्दाले लामो समयदेखि रोकिएको आयोजना अघि बढेकोमा स्वागत गर्दै यसले कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...