Wednesday 14th October 2026

नेपालमा ढुक्क भएर लगानी गर्नुहोस्’


काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।

चीनको ग्वाङ्झाउमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया–प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले नेपालमा लगानीको वातावरण निर्माण गर्न तथा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न नीतिगत सुधार अघि बढाइरहेको बताएका हुन्।

वाग्लेले प्रवासी नेपालीलाई विशेषगरी पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्न आग्रह गरे। सरकारले एआई र सूचना प्रविधिको क्षेत्रमा समेत काम गर्न प्रोत्साहन गर्ने रणनीति अघि बढाएको उनको भनाइ छ।

उनले प्रवासमा रहेको नेपाली पुँजी, सीप र ज्ञानलाई नेपालको आर्थिक विकासमा परिचालन गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए।

अर्थमन्त्री वाग्लेको आह्वानसँगै वर्षौँदेखि विदेशमा पसिना बगाएर कमाएको नेपाली पुँजी स्वदेशमै लगानी गर्न सकिने वातावरण कति सुरक्षित, पारदर्शी र प्रतिफलमुखी बन्छ भन्ने विषय अब सरकारका लागि महत्वपूर्ण परीक्षा बन्ने देखिएको छ।


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...