Monday 5th October 2026

कुवेतमा ड्रोन आक्रमणमा परी नेपालीको मृत्यु, दूतावासद्वारा आधिकारिक पुष्टि


कुवेतमा भएको ड्रोन आक्रमणमा परी नेपाली नागरिक सोम कुमार तामाङ (४४) को निधन भएको घटनालाई नेपाली राजदूतावास, कुवेत ले आधिकारिक रूपमा पुष्टि गरेको छ।

दूतावासले मृतकप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ।

यसैबीच, क्षेत्रीय सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन, स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशनहरूको पूर्ण रूपमा पालना गर्न र अत्यावश्यक बाहेक अनावश्यक रूपमा बाहिर ननिस्कन दूतावासले अनुरोध गरेको छ।

दूतावासले आवश्यक परेमा आफ्नो आधिकारिक माध्यमबाट थप जानकारी तथा सहायता उपलब्ध गराइने पनि जनाएको छ।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...