Friday 3rd July 2026

“टाइमलेस प्यालेट” को भर्चुअल प्रदर्शनी शुभारम्भ


नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो भर्चुअल प्रदर्शनी सुरु गरेको छ।

यस प्रदर्शनीमा १७ जना प्रतिभाशाली कलाकारका झण्डै ४० वटा कलाकृतिहरू प्रस्तुत गरिएको छ। डिजिटल माध्यममार्फत विश्वभरका दर्शकहरूले यी कलाकृतिहरूलाई नयाँ तरिकाले अनुभव गर्न सक्नेछन्। आयोजक सूर्य दुदराजका अनुसार, “हरेक कलाकृतिले एउटा कथा बोकेको हुन्छ, हरेक ठाउँले एउटा भावना समेटेको हुन्छ। हाम्रो लक्ष्य कलाकारहरूलाई सहयोग गर्नुका साथै अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली सिर्जनशीलतालाई गर्वका साथ फैलाउनु हो।”

प्रदर्शनीमा सहभागी प्रमुख कलाकारहरूमा आकाश गोले, अजय चौधरी, हेमा दास, प्रिन्स महर्जन, सानिया फारुक, श्याम महर्जन, सुरेश स्याङ्तान लगायतका नाम समावेश छन्।

टाइमलेस प्यालेटले कलाकारहरूका लागि अवसर सिर्जना गर्ने, सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्ने र डिजिटल युगमा कलाको अनुभवलाई नयाँ रूप दिने अभियानलाई निरन्तरता दिने घोषणा गरेको छ।

यो भर्चुअल प्रदर्शनी अहिले विश्वभरका दर्शकका लागि खुला गरिएको छ जसलाइ हेर्नका लागि आधिकारिक वेबसाइट www.timelesspalette.com प्रयोग गर्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान, असार १९ (एजेन्सी): अमेरिका–इजरायलको संयुक्त सैन्य आक्रमणमा करिब चार महिनाअघि मारिएका इरानका पूर्व सर्वोच्च नेता Ayatollah Ali Khamenei लाई…

रूसले युक्रेनमाथि ठूलो मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि पोल्याण्डले आफ्नो हवाई क्षेत्र सुरक्षित गर्नका लागि लडाकु विमान र हवाई…

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभामा दर्ता हुनु नेपालको युवा शक्ति, राष्ट्रिय अनुशासन र आपतकालीन तयारी क्षमतालाई संस्थागत गर्ने दिशामा एउटा…

प्रतिकृयाहरू
...