Tuesday 18th August 2026

कांग्रेस संसदीय दल नेताको उम्मेदवारी दर्ता समय परिवर्तन


तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको सहमहामन्त्री प्रकाश रसाइली स्नेही नेतृत्वमा समितिले निर्वाचन कार्यतालिकामा हेरफेर गरेको हो ।

निर्वाचन कार्यतालिका अनुसार आज कांग्रेसले मतदाता नामावली सार्वजनिक गरिसकेको छ । यसअघि भोलि बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता, ४–५ बजेसम्म मतदान हुने कार्यतालिकामा थियो । दिउँसो ३ बजे उम्मेदवारी दर्ता, ४ः४० मा उम्मेदवारीको अन्तिम नामावली प्रकाशन र ५ बजेपछि मतदान गर्ने कार्यतालिका ल्याएको छ ।दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । यसबाहेक मोहन आचार्यदेखि निश्कल राईसम्मको चर्चा छ। प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई रावलपिण्डीको अदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेशनल अस्पतालमा दुई…

रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको…

सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्न नमिल्ने स्पष्ट गरेको छ। पत्रकार किशोर…

प्रतिकृयाहरू
...