Friday 15th November 2024

तमु समाज कुवेतको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा राजु गुरुङ


बसन्त थापा – “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर कुवेतमा ९ बर्ष पहिला ‘२५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था तमुहरुको साझा संस्था ‘तमू समाज कुवेत’ले आफ्नो चौथो अधिवेशन  २२ सेप्टेम्बरमा,शुक्रबार-२०१८का दिन फर्वानियास्थित सेफ नौशाद सिग्नेचर रेस्टुरेन्टमा भब्यताका साथ सम्पन्न गरेको छ ।

तमु समाज कुवेतका निर्वतमान अध्यक्ष खोप गुरुङको अध्यक्षता र समाजका महासचिब यम तमु र सदस्य रन्जना तमुस्योले संयुक्तरुपमा सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाली दूतावास कुवेतका महामहिम राजदूत यज्ञबहादुर हमालको प्रमुख आतिथ्यता रहेको थियो। यसै गरी नेफेसो कुवेतको प्रथमअधिबेशनका लागि प्रमुख अथितीका रुपमा नेपालबाट आएका माननीय पुर्ब मन्त्री तथा संबिधानसभा सदस्य साथै सङ्घीय समाजवादी फोरम नेपालको सह-अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बिशेष अतिथिको रुपमा थिए भने कुवेतस्थित बिभिन्न नेपाली संघ-सँस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित रहेका थिए ।

सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुपमा द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रम शुरु गरिएको थियो भने समाजका सदस्य कलाकर शोभा तमुस्योले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेकी थिइन।

तमु समाज कुवेतको उत्तरोत्तर प्रगतिको कामना गर्दै महामहिम राजदुत यज्ञ बहादुर हमालले समाजको अतुलनिय कामको चर्चा गर्दै नयाँ समितीलाई शुभकामना दिएका थिए।त्यसै गरी नेपालबाट आएका माननीय पुर्ब मन्त्री तथा संबिधान सभा सदस्य साथै सङ्घीय समाजवादी फोरम नेपालको सह-अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपाल अनेकतामा विविधता र विविधतामा एकता भएको मुलुक भएकोले हामीले सम्पूर्ण जातीको धर्म र संस्कृतिलाई जोगाएर राख्नु पर्ने र तमु समाज गुरुङ जातीको हित र एकताको लागि संचालित रहेकोमा खुशी व्यक्त गर्दै अधिवेशनद्वारा निर्वाचित हुने सम्पूर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

त्यसैगरी शुभकामना मन्तव्य दिनेहरुमा एनआरएनए एनसिसि कुवेतका कार्यवाहक अध्यक्ष सुमित्रा पौडेल, नेपाल आदिवासी जनजाति महासंघ कुवेतका महासचिब अमृत तमाङ, खोटाङ-कुबेत संपर्क मञ्चका अध्यक्ष प्रेम कटवाल, नेपाल पत्रकार महासंघ कुवेत शाखाको तर्फबाट माधव शाही, माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतका अध्यक्ष ईन्द्र प्रसाद पोखरेल, महिला दिदी-बहिनीहरुको प्रतिनिधी पत्रकार नैनाकला राइ लगायत रहेका थिए ।

यसैगरी कार्यक्रमका सभापति अध्यक्ष खोप गुरुङले नव-निर्वाचित कार्यसमितिलाई बधाई दिंदै र उत्तरोत्तर प्रगतिको कामना गर्दै आफ्नो कार्यकालमा समाजका कार्यसमितिका सम्पूर्ण सदस्याहरुबाट आफुले पाएको सहयोग र योगदानको जति नै व्याख्या गरे पनि कमी नै हुने र नव-नियुक्त अध्यक्षलाई पनि यसरी नै सम्पूर्ण कार्यसमितिको साथ रहने कुरामा आफु विश्वस्त रहेको बताउँदै बधाई दिएका थिए ।

अधिवेशनले राजु गुरुङ लाई अध्यक्षमा निर्विरोध निर्वाचित गर्दै सोही अवसरमा साँस्कृतिक, खेलकुद र संगठन विस्तार जस्ता बिभिन्न उप-समितिहरुको समेत निर्माण गरेको छ । यसैगरी, समाजले तीन वर्षमा गरेको उल्लेखनीय कार्य गतिविधि तथा आर्थिक कारोबार कोषाध्यक्ष नन्द घलेले छोटकारीमा प्रस्तुत गरे । समाजले अधिवेशनलाई सरल,सहज र निश्पक्ष तरिकाले सम्पन्न पार्न समाजका संस्थापक अध्यक्ष अमर गुरुङको संयोजकत्वमा ६ जनाको निर्वाचन समिति गठन गरेको थियो । निर्वाचन समितिले आफ्नो जिम्मेवारी गहनताका साथ निर्वाह गर्दै नयाँ कार्यसमितिको नामावली समाजलाई बुझाएको थियो ।

तमु समाज कुवेतको चौथो अधिबेशनबाट निर्वाचित नयाँ कार्यसमिति निम्न्नानुसार रहेको छ ।

कार्यकारी समिती;
अध्यक्ष – राजु तमू (ईटहरी)
उपाध्यक्ष – याम तमू (पोखरा)
महासचिब – सुरेश तमू (संखुवासभा)
सचिब – नन्द घले (लमजुङ)
सह-सचिब – रन्जना तमूश्यो (संखुवासभा)
कोषाध्यक्ष – गोपाल तमू (चितवन)
सह-कोषाध्यक्ष – पदम तमू (स्याङजा)
सह-कोषाध्यक्ष – माया तमूश्यो (कास्की)

कार्यकारी सदस्यहरु:-कृष्ण तमू (बुटवल),रमेश तमू (गोर्खा),तेज तमू (तनहु),रोशन तमू (कास्की),संगिता तमूश्यो (कास्की),शुक बहादुर तमू (कास्की),ममता तमूश्यो (स्याङजा),अमृत तमू (पोखरा),राजेन तमू (पोखरा),नानी तमूश्यो (पोखरा),रिशा तमूश्यो (बुटवल),दल सि तमू (कास्की),दिल राज तमू (स्याङजा),मिन बहादुर तमू (बुटवल),दीपेन्द्र तमू (कास्की),गीता तमूश्यो (ईटहरी),कबिता तमूश्यो (काठमाडौं),देवेन्द्र घले (ईटहरी),पुष्पा तमूश्यो (संखुवासभा),रन्जु तमूश्यो (संखुवासभा),याम बहादुर तमू (लमजुङ),सुधिर घले (काठमाडौं),सुमित्रा तमूश्यो (गोर्खा), अमृत तमू (बर्दघाट),ज्ञान बहादुर तमू (ईटहरी),सानु तमू (गोर्खा),कृष्ण तमू (रुपन्देही),कृष्ण तमू (धरान),सन्जु तमू (कास्की),पूर्ण कुमारी तमूश्यो,बिन्दु तमूश्यो (भैरहवा), सपना तमूश्यो (लमजुङ)

सल्लाहकार तथा संरक्षक समिती;
मान बहादुर तमू (स्याङजा),अमर तमू (पोखरा),वीर माया तमू (पोखरा),खोप तमू (बुटवल),अमृत तमू (मोरङ),शुक बहादुर तमू (कास्की),देवी तमूश्यो (पोखरा),सुमन तमूश्यो (भैरहवा),बाल कुमार तमू (धरान),भिम बहादुर तमू, गोप प्रसाद तमू

तमू साँस्कृतिक समिती:-
प्रमुख – शोभा तमूश्यो (लमजुङ)
उप-प्रमुख – बबिता तमूश्यो (कास्की)
उप-प्रमुख – रुप तमू (कास्की)
सदस्यहरु- सुशिल तमू (स्याङजा),प्रेम तमू (बुटवल),सन्तोष तमू (काठमाडौं),भेद तमू (लमजुङ),सुजन तमु (तनहु),आशिष तमू (लमजुङ),माया तमूश्यो (कास्की),हेमा तमूश्यो,बुद्ध बहादुर तमू (चितवन),कुमारी तमूश्यो (काठमाडौं),अमृत तमू (लमजुङ)
सदस्य – सरस्वती तमूश्यो (काठमाडौं)

तमू प्ये ताँ ल्हुँ ताँ समिती:-
प्रमुख – मान बहादुर तमु (स्याङ्जा)
सदस्यहरु:-अमर तमु (कास्की), वीर माया तमुस्यो (कास्की)

तमू खेलकुद समिती;
प्रमुख – निपेश तमू (संखुवासभा)
उप-प्रमुख – पदम तमू (स्याङजा)

युवा सम्योजक – भु प्रसाद (बाबु) तमू (लमजुङ)
युवा सह-सम्योजक – किरण तमू (स्याङजा)

महिला सम्योजक – कुमारी तमूश्यो (काठमाडौं)

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष राजु गुरुङ ले कार्यक्रममा उपस्थित भएर कार्यक्रमलार्इ भव्य र सभ्य रूपमा सफल पार्न सहयाेग गर्नु हुने सम्पूर्ण सहयोगीहरू कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-सँस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण सबैलाई बिशेष धन्यवाद ब्यक्त गरेका थिए भने अन्त्यमा समाजको सल्लाहकार अमृत तमु को पुत्र सचिन गुरुङको जन्म दिन पनि सोही दिन परेको हुनाले उपास्थित सम्पूर्णले छोराको जन्म दिनको अवसरमा शुभ आशिर्बाद दिंदै जन्मोत्सव पनि मनाइएको थियो भने तमु सस्कृति झल्किने नृत्य र गीतहरु प्रस्तुत गरि भरपुर मनोरंजनका साथ कार्यक्रम रातको १० बजे सम्पन्न भएको थियो।


सम्बन्धित शीर्षकहरु

कुवेतमा किरात याक्थुङ चुम्लुङद्वारा आयोजित बलिहाङ तङनाम ५०८४ देउसी भैलो २०८१ कार्यक्रम, अध्यक्ष लिला चेम्जोङको सभापतित्वमा गोरखा किचन, सालमिया सभाहलमा…

लन्डन: ओमानी अन्तरिक्ष स्टार्टअप ओमान लेन्सले देशको पहिलो पूर्ण उपग्रह प्रक्षेपण गर्‍यो, जसले मस्कटलाई सहरी योजना, वन अनुगमन, र विपद्…

हाम्रो आकाश मण्डलमा अनेकौ ग्रह उपग्रह, छुद्र ग्रहहरु घुमिरहेका हुन्छन । पूर्बीय दर्शन ज्यातिस शास्त्रका अनुसार ती ९ ग्रह र…

प्रतिकृयाहरू
...