Saturday 19th September 2026

गगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता


निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिने निर्णय गरेको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र जानकी तुलाधारले गगन थापा समूहलाई आधिकारिक कांग्रेसको मान्यता दिएका हुन्। आयोगको उक्त निर्णयमा सगुनशमशेर राणाले भने फरक मत राखेको बताइएको छ।

गगन समूहले पुस २७ देखि ३० सम्म काठमाडौंमा विशेष महाधिवेशन आयोजना गरेको थियो।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापासहितका पदाधिकारीले बिहीबार आयोगमा निवेदन दिएकोमा आयोगले आधिकारिक कांग्रेसको मान्यता दिएको छ।

गगन समूहले पुस २७ देखि ३० सम्म काठमाडौंमा विशेष महाधिवेशन आयोजना गरेको थियो।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापासहितका पदाधिकारीले बिहीबार आयोगमा निवेदन दिएकोमा आयोगले आधिकारिक कांग्रेसको मान्यता दिएको छ।

शेरबहादुर देउवा पक्षीय पूर्णबहादुर खड्कालगायत नेताहरूले शुक्रबार बिहान आयोगमा निवेदन दिँदै आफूहरू आधिकारिक भएको दाबी गरे पनि आयोगले गगन पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको हो। गगन पक्षले मान्यता पाएपछि अब चुनाव चिह्न रुख र चारतारे झण्डा पनि उनीहरूकै हुने भएको छ।​


सम्बन्धित शीर्षकहरु

जीवनका केही कथाहरू सम्झँदा मनमा एकैपटक मुस्कान र पीडा दुवै आउँछन्। आज म मेरो जीवनको त्यही महत्वपूर्ण अध्याय—परदेश यात्राको कथा…

नेपाली राजदूतावास कुवेतले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतको खेतानस्थित मेट्रो मेडिकल केयर परिसरमा नेपाली समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन…

दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ काउन्टीमा अगस्ट २६ मा गएको भीषण हिमपहिरो तथा माटो–ढुंगासहितको बाढीमा हालसम्म ४३ जनाको मृत्यु…

प्रतिकृयाहरू
...