Thursday 18th December 2025

कुवेतस्थित किरात राई यायोक्खाको चौथो अधिवेशन फेब्रुअरी १३ मा हुने


कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।

“भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण, किरात राईहरूको साझा अभियान” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त अधिवेशनमा किरात राई यायोक्खा केन्द्रीय समितिका अध्यक्ष जीवन हाताचो राईको विशेष आतिथ्यता रहनेछ। सो जानकारी संस्थाका अध्यक्ष उमेश राईले दिएका हुन्।

अधिवेशनमार्फत संस्थाको हालसम्मको गतिविधि समीक्षा गर्नुका साथै आगामी कार्यदिशा, संगठन सुदृढीकरण र नेतृत्व चयनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिने अपेक्षा गरिएको छ। कार्यक्रममा कुवेतमा रहेका किरात राई समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।

किरात राई यायोक्खाले कुवेतमा बसोबास गर्दै आएका सम्पूर्ण नेपाली समुदाय तथा विभिन्न संघ–संस्थालाई अधिवेशनमा सहभागी भई आपसी सहकार्य र सद्भाव प्रवर्द्धन गर्न हार्दिक अनुरोधसमेत गरेको छ।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...